Skip to content

follow us

baglungkhabar.tv

25th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

bk logo final png
  • बागलुङखबर
  • ८ भाद्र २०८३, सोमबार २१:१७

बागलुङ, ८ भदौ । बागलुङमा डेंगु संक्रमण तीव्र रुपमा फैलिएको छ। बागलुङ नगरपालिकामा ४सय ५९ सहित विभिन्न पालिका गरि हालसम्म ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै काठेखोला गाउँपालिकामा ४५, गलकोट नगरपालिकामा ४३, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, निसीखोला गाउँपालिकामा ७, बडीगाड गाउँपालिकामा ३, ताराखोला गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा २ जनामा डेंगु संक्रमण देखिएको छ।

धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ अस्पताल, गलकोट नगर अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र हुग्दिशिर स्वास्थ्य चौकीसहित विभिन्न स्वास्थ्य संस्थाका प्रयोगशालामा गरिएको परीक्षणबाट ६ सय ४६ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। किरण तिवारीका अनुसार सामान्य लक्षण भएका संक्रमितलाई औषधिसहित फलोअपमा राखिएको छ भने जटिल अवस्था भएका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको छ।

उहाँका अनुसार सास फेर्न गाह्रो हुने, फोक्सोमा पानी जम्ने तथा प्लेटलेट २०–३० हजारभन्दा कम भएका केही जटिल बिरामीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। डेंगु भाइरल रोग भएकाले ज्वरो, टाउको तथा शरीर दुख्ने, आँखाको पछाडि दुख्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएमा परीक्षण गराई चिकित्सकको परामर्श लिन डा। तिवारीले आग्रह गर्नुभयो।

डेंगु संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको जनाएको छ। कार्यालयले पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेले अण्डा पार्न सक्ने स्थानको खोजी गरी लार्भा नष्ट गर्ने, नियमित सरसफाइ गर्ने, शरीर ढाकिने कपडा लगाउने र घरभित्र लामखुट्टे प्रवेश गर्न नदिने उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki