Skip to content

follow us

baglungkhabar.tv

25th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

bk logo final png
  • बागलुङखबर
  • ५ भाद्र २०८३, शुक्रबार २१:३३

बागलुङ ५ भदौ।  बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन। देशभर  रासायनिक मलको अभाव भैरहेको बेला बागलुङमा भने अवैध रुपमा ओसारपसार र बिक्री गरेको आरोपमा तिन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

।
बुधबार बागलुङका लागि ल्याएको झण्डै २० बोरा रासायनिक मल अबैध रुपमा बिक्री गरेर विरगंज लैजान लागेको अवस्थामा प्रहरीले मल बिक्री गर्ने डिलर संचालक र कारोवार गरी ओसार्ने व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

प्रसाईका अनुसार बुधबार दिउँसो र बिहिबार बिहान गरी उक्त मल ओसारपसार गरेको अवस्थामा प्रहरीले पर्साको छिपरमाई गाउँपालिका–६ घर भई २५ वर्षदेखि बागलुङमा बसेर विभिन्न क्रियाकलाप गर्दै आएका ५३ वर्षिय दिनेश पंडित कुम्हार सहित बागलुङ नगरपालिका वडा नं. २ मा धौलागिरि बिउ भण्डार पसल संचालन गरेका कुलबहादुर राना मगर र वडा नं. ३ को शिवधारा चोकमा कालीग्ण्डकी एग्रोभेट पसल संचालन गरेका विनय शाक्यलाई पनि पक्राउ गरिएको हो ।

पंडितले धौलागिरि बिउ भण्डारबाट ५० केजीका ९ बोरा र कालीगण्डकी मल बीउ भण्डारबाट १० बोरा युरिया मल खरिद गरी विरगंज जाने गाडीमा राखेको भेटिएको हो । मल ओसार्दे गरेको फोटो र भिडियो प्राप्त गरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बागलुङ स्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट मल खरिद गरी ती डिलरले बजार आसपासको क्षेत्रमा बिक्री गर्न अनुमति लिएका थिए । कर्पोरेसनले हरेक जिल्लाका लागि आवस्यकताको आधारमा मलको कोटा तोक्ने काम गर्छ । उक्त मल तोकेको भन्दा बाहिरको क्षेत्रमा बिक्री बितरण र ओसारपसार गर्न प्रतिबन्ध छ । बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले बागलुङ जिल्लाको विभिन्न स्थानका लागि मात्र मल ल्याउने गरेको छ । उक्त मल बरामद गरी प्रहरीले सुरक्षित राखेको छ ।

प्रहरीले बिउ तथा मल पसलहरुको अभिलेख रजिष्ट्रर लगायतका कागजात झिकाई थप बुझ्ने काम गरिरहेको  छभने प्रहरीले उनीहरुलाई ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ४’ बमोजिमको कसुरमा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा ६ दिनको म्याद थप गरेर अनुसन्धान अनुमति लिईको छ । उक्त दफा अनुसार अबैध कारोवार गर्ने तथा कालोबजारी गर्नेलाई १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

लोकप्रिय

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

रास्वपाले खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki