Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

bk logo final png
  • बागलुङखबर
  • २६ श्रावण २०८३, मंगलवार २१:४७

बागलुङ, २६ साउन । बागलुङका महिलालाई साबुन बनाउने तालिम दिन सुरु गरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिले उद्यमीलाई साबुन बनाउन ५ दिने तालिम दिन सुरु गरेको हो ।

तालिममा उद्यमीले आफ्नो लागि उपयोग गर्ने साबुन, कपडा धुने सरफ तथा हात धुने वास समेत बनाउने छन् ।

उक्त तालिम २५ जना उद्यमीका लागि तालिम संचालन गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले तालिमको उद्घाटन गर्दै तालिमबाट उद्यमी र उद्यमीबाट आत्मनिर्भर हुँदै सफल व्यवसायी बन्ने बाटोमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले महासंघले पनि थप सीप विकासका लागि साथ र सहयोग गर्ने बताउनुभयो । हरेक प्रकारका उत्पादन स्थानीय रुपमा उत्पादन गर्न सकेमा आयात प्रतिस्थापन हुने र देश विकासका लागि पनि यहाँबाट टेवा पुग्ने कँडेलको भनाई थियो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले महिला उद्यमीलाई दक्ष बनाएर जिल्लाकै व्यवसाय बढाउने लक्ष्य राखेको बताउनुभयो । त्यसका लागि सबैखाले तालिम दिएर उद्यममा सक्रिय बनाउन पहल गर्ने बताउनुभयो ।

दक्ष उद्यमीलाई व्यवसाय थाल्न अप्ठ्यारो पर्दा सहुलियत ऋण दिने बैंकको खोजी गरेको उहाँले जानकारी दिनुभयो ।

उद्यम विकास समितिकी अध्यक्ष पिंगला जिसीले विभिन्न श्रोत संकलन गरेर १ लाख ३० हजार रुपैयाँमा ५ दिने तालिम सम्पन्न गर्न लागिएको बताउनुभयो । अन्य उद्यम गरिरहेकाले समेत तालिममा सहभागि हुन चासो राखेको उहाँले बताउनुभयो।

तालिममा सहजीकरण गर्न काभ्रेबाट ममता चौलागाई र विश्वास ढुंगेल प्रशिक्षकको रुपमा आएका छन् । उद्घाटन कार्यक्रम समितिकी अध्यक्ष पिंगला जिसीको अध्यक्षता, महासचिव रम्बादेवी शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki