उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित निर्वाचित हुँदा देबु जंगले ७५ मत प्राप्त गरे।
सचिव पदमा लिलबहादुर (बाबिन) खत्री १११ मतसहित विजयी बने भने प्रकाश रिजालले ६५ मत पाए। सहसचिवमा बालकृष्ण शर्मा ८८ मतसहित निर्वाचित हुँदा कमल प्रसाद खरेलले ८५ मत प्राप्त गरे।
यस्तै, क्षेत्रीय सदस्य (क्षेत्र नं. १) मा राम प्रसाद अधिकारी १०२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी यम कुमारी मल्लले ६८ मत प्राप्त गरिन्। क्षेत्रीय सदस्य (क्षेत्र नं. २) मा हिमाल खत्री ९७ मतसहित विजयी हुँदा कृष्णबहादुरले ७४ मत प्राप्त गरे।
नवनिर्वाचित सभापति ढालेन्द्र रायमाझीसहित सम्पूर्ण कार्यसमितिलाई विभिन्न राजनीतिक दल, शुभेच्छुक तथा सर्वसाधारणले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवगठित नेतृत्वले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनतामाझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।







