बागलुङ, १६ साउन। सामाजिक एकता, धार्मिक सहिष्णुता तथा आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङमा शनिबार सद्भाव र्याली सम्पन्न भएको छ।
र्यालीमा सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था, विद्यार्थी तथा सर्वसाधारणको सहभागितामा आयोजित र्यालीले
बागलुङ बजारका विभिन्न भागको परिक्रमा गरेको थियो।
र्यालीपश्चात आयोजित कार्यक्रममा वक्ताहरूले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र पारस्परिक सम्मान कायम राख्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।
उनीहरूले विविधताबीचको एकतालाई बलियो बनाउँदै सामाजिक सद्भाव कायम राख्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरेका थिए।
कार्यक्रममा बाग्लुङ क्षेत्र नम्बर एक प्रतिनिधि सभा सदस्य सुशील खड्का र क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सोम शर्मा स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष आस्मिन शेख लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले जातीय, धार्मिक, भाषिक तथा सांस्कृतिक विविधतालाई नेपालको मौलिक सम्पत्तिका रूपमा संरक्षण गर्दै आपसी भाइचारा सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।







