Skip to content

follow us

baglungkhabar.tv

25th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

bk logo final png
  • बागलुङखबर
  • ७ श्रावण २०८३, बिहीबार ११:५२

बागलुङ, ७ साउन । बागलुङका ७१ ७१ जना हिंसा प्रभावितलाई सेवा प्रदान गरिएको छ ।
बागलुङ नगरपालिकामा सञ्चालित हिंसा प्रभावित सेवा केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ७१ जना हिंसा प्रभावितलाई सेवा उपलब्ध गराएको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।
संयोजक खड्काका अनुसार सेवा लिनेमध्ये बागलुङ नगरपालिकाका ३३ जना, जैमिनी नगरपालिकाका ८, काठेखोला गाउँपालिकाका १०, ढोरपाटन नगरपालिकाका ३, तमानखोला गाउँपालिकाका ३, गलकोट नगरपालिकाका २, बडीगाड गाउँपालिकाका २, निसीखोला गाउँपालिकाका २, ताराखोला गाउँपालिकाका १, बरेङ गाउँपालिकाका १ तथा बागलुङ बाहिरका ६ जना रहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा ७२ जना तथा २०८०/८१ मा ९२ जनाले सेवा लिएका थिए। गत आर्थिक वर्षमा सेवा लिएकामध्ये ५२ जनालाई आश्रयसहितको सेवा, ५ जनालाई यातायात खर्च, ६ जनालाई लुगाकपडा, ५ जनालाई कानुनी उपचार तथा २ जनालाई जीविकोपार्जन अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

यस अवधिमा ४३ पटक तारेखमा सहजीकरण, ५ पटक सरोकारवालासँग समन्वय, ३ जनालाई ओसिएमसीमा सिफारिस, १ जनालाई संरक्षणका लागि सिफारिस, ९ वटा छलफल तथा मिलापत्र, ५ जनालाई जिल्ला कानुनी सहायता समितिमा सिफारिस तथा ७ पटक जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरिएको थियो।

उपप्रमुख खड्काका अनुसार पछिल्लो समय हिंसा प्रभावितहरू सिधै सेवा केन्द्रमा पुगेर सहायता लिने क्रम बढ्दो छ। गत आर्थिक वर्षमा ६० जना सिधै सेवा केन्द्रमा पुगेका थिए भने ८ जना जिल्ला प्रहरी कार्यालय र ३ जना ओसिएमसीको सिफारिसमार्फत सेवा लिन आएका थिए।

सेवा केन्द्रमा दर्ता भएका घटनामध्ये ५ वटा शारीरिक हिंसा, ११ वटा मानसिक हिंसा, ७ वटा आर्थिक हिंसा र ११ वटा यौनजन्य हिंसासँग सम्बन्धित थिए। सेवा लिनेमध्ये जातिगत आधारमा ४२ जना दलित, ७ जना जनजाति तथा २२ जना अन्य समुदायका रहेका छन्।

हिंसा न्यूनीकरणका लागि बागलुङ नगरपालिकाले मनोसामाजिक परामर्शका विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ। गत आर्थिक वर्षमा आयोजित सामूहिक मनोविमर्श कार्यक्रममा ७४४ जना सहभागी भएका थिए भने व्यक्तिगत रूपमा २७ महिला र २४ पुरुष गरी ५१ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो।

हिंसा प्रभावित सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि आर्थिक वर्ष २०८२र८३ मा संघीय सरकारबाट ५ लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ खर्च भएको उपप्रमुख खड्काले जानकारी दिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki