Skip to content

follow us

baglungkhabar.tv

24th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

bk logo final png
  • बागलुङ खबर
  • २६ असार २०८३, शुक्रबार २१:२३

बागलुङ, २६ असार । बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाले शुक्रबार आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा पत्रकारहरुबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा आयोजक टोली, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र प्रबुद्ध युवा समूहको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा प्रबुद्ध युवा समूह विजेता बन्दा नेपाल पत्रकार महासङ्घ उपविजेतामा सीमित रह्यो भने आयोजक टोलीले तृतीय स्थानमा चित्त बुझायो।

विजेता प्रबुद्ध युवा समूहलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। उपविजेता नेपाल पत्रकार महासङ्घ र तृतीय हुने आयोजक टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले खेलकुदले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागलुङका उपाध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखन नेपाल मिडिया प्रालिद्वारा प्रकाशित पत्रिकाले विगतका वर्षहरूमा फुटबल, फुटसल प्रतियोगिता तथा विभिन्न क्षेत्रमा शैक्षिक सामग्री र खाद्यान्न वितरण लगायतका कार्यक्रम गर्दै आएकोमा यस वर्ष वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो।

लेखन नेपाल मिडिया प्रालिका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्धक नवराज नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन पत्रिकाका सम्पादक ताराप्रसाद शर्माले गर्नुभएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki