Skip to content

follow us

baglungkhabar.tv

24th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

bk logo final png
  • बागलुङखबर
  • ९ असार २०८३, मंगलवार १३:३६

बागलुङ, ९ असार । जिल्ला समन्वय समिति बागलुङले पाचौँ जिल्ला सभाका बागलुङका छत्तिस निर्णय सार्वजनिक गरेको छ ।
पाँचौँ जिल्ला सभाले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, विपद् व्यवस्थापन तथा सुशासनसँग सम्बन्धित ३६ बुँदे निर्णय सार्वजनिक गरेको आइतबार पत्रकार सम्मेलन गरि जिल्ला सभाबाट पारित निर्णयहरू सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख अमर थापाले जिल्ला सभाले जिल्लाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता र नागरिकका साझा सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरू गरेको जानकारी दिए । उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई गति दिन सभा केन्द्रित भएको बताए ।

 

“जिल्लाको आवश्यकता र नागरिकका अपेक्षालाई ध्यानमा राखेर स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, विपद् व्यवस्थापन, सुशासन तथा सामाजिक सुधारका विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको छ,” प्रमुख थापाले भने, “यी निर्णयहरूको कार्यान्वयनकालागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिनेछ ।”

सभाले ढोरपाटन–ताराखोला–तकसेरा–रुकुम जोड्ने सडक स्तरोन्नति, मध्यपहाडी लोकमार्गअन्तर्गतका निर्माणाधीन सडक तथा पुलको काम शीघ्र सम्पन्न गर्न, जिल्लाका विभिन्न विकास आयोजनामा देखिएको ढिलासुस्ती अन्त्य गर्न तथा निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । साथै जिल्लाका स्थानीय तहहरूमा सञ्चालन भएका विकास निर्माणका कामलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ धौलागिरी प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्न, मुटुरोग विशेषज्ञ, फिजिसियन तथा अन्य आवश्यक जनशक्तिको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ। स्थानीय तह पुनःसंरचनापछि स्वास्थ्य संस्थाहरूमा देखिएको जनशक्ति र उपकरण अभाव समाधान गरी सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने आवश्यकतापनि सभाले औँल्याएको छ ।

शिक्षा क्षेत्रमा जिल्लाका केही विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नमिलेको विषयलाई गम्भीरतापूर्वक उठाउँदै स्थानीय तहबीच समन्वय गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने निर्णय गरिएको छ । एसईई ग्रेडवृद्धि परीक्षाको केन्द्र निर्धारण गर्दा जिल्लाको भौगोलिक अवस्थालाई समेत ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

सभाले लागूऔषध दुर्व्यसन नियन्त्रण, बालविवाह, छुवाछुत तथा लैंगिक हिँसा न्यूनीकरणकालागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्णय पनि गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने, ढुंगा, गिटी, बालुवा लगायत प्राकृतिक स्रोतको व्यवस्थित उत्खनन तथा राजस्व संकलनलाई प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको छ ।

कृषि क्षेत्रमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘एक पालिका, एक उत्पादन’ नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने, बाँदर नियन्त्रणकालागि आवश्यक पहल गर्ने तथा कृषि उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने निर्णय गरिएको छ । जैमिनी नगरपालिकामा विद्युत् सबस्टेसन निर्माण, बजार क्षेत्रमा रहेका हाईटेन्सन लाइन व्यवस्थापन तथा औद्योगिक क्षेत्रमा थ्री–फेज लाइन विस्तारकालागि नेपाल विद्युत् प्राधिकरणसँग पहल गरिने जनाइएको छ ।

सभाले विपद् जोखिम न्यूनीकरण, राहत तथा पुनःस्थापनाको पूर्वतयारीलाई थप सुदृढ बनाउने, अन्तर–स्थानीय तह समन्वयलाई प्रभावकारी बनाउने तथा विकास निर्माणका ठूला आयोजनामा संयुक्त लगानीको अवधारणा अघि बढाउने निर्णय पनि गरेको छ ।

पत्रकार सम्मेलनको सञ्चालन जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा आचार्यले गरेका थिए । कार्यक्रममा सभाबाट पारित निर्णयहरू कार्यान्वयनक लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki