Skip to content

follow us

baglungkhabar.tv

22nd June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

bk logo final png
  • बागलुङखबर
  • ७ असार २०८३, आईतवार २०:३३

बागलुङ , ७ असार। बागलुङको गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएका छ ।

बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा (एमएसएस) मूल्याङ्कनमा पालिका स्तरका अस्पतालमा सबैभन्दा बढी अंक प्राप्त गरेको गरि उत्कृष्ट घोषणा भएको हो ।

गण्डकी प्रदेश भरका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताउनुभयो ।

सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्य संस्था सहयोग व्यवस्थापन लगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा अस्पतालले कुल ७१ प्रतिशत प्राप्ताङ्क हासिल गरेको पौडेलले जानकारी दिनुभयो ।

अस्पालको जग्गा व्यवस्थापन, भवन, फोहोर व्यवस्थापन, अस्पतालको सेवा सुविधा लगायतको विवरण अनुसार अस्पतालले सेवा प्रवाह, संस्थागत व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सेवामुखी बनाउन अस्पतालले निरन्तर सुधारका प्रयासमा यो नतिजाले थप हौसला प्रदान गरेको डा.पौडेलको भनाई छ ।अस्पताल प्रशासनले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै गलकोट नगरपालिकाको समेत ठूलो सहयोग रहेको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘शून्यदेखि पूर्णतासम्म’ नामक पुस्तक विमोचन

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा ‘शून्यदेखि पूर्णतासम्म’ नामक पुस्तक विमोचन

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki