Skip to content

follow us

baglungkhabar.tv

22nd June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ‘शून्यदेखि पूर्णतासम्म’ नामक पुस्तक विमोचन

bk logo final png
  • बागलुङखबर
  • ७ असार २०८३, आईतवार १५:३२

बागलुङ, ७ जेठ । अमेरिकामा बसेर साहित्य सिर्जनामा सक्रिय लेखक सुरेन्द्र रेग्मीको उपन्यास कृति ‘शून्यदेखि पूर्णतासम्म’ सार्वजनिक भएको छ ।

शनिबार धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा आयोजित समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले पुस्तक विमाचन गर्नुभयो । उहाँले प्रवासमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लेखक रेग्मीले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताउँनुभयो ।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै क्याम्पसको नेपाली विभागका प्रमुख डा. आनन्दराज सिलवालले लेखक रेग्मीले आफ्ना भोगाइलाई पात्रका माध्यमबाट जीवन्त ढङ्गले पुस्तकमा अभिव्यक्त गरेको बताउँनुभयो । नवीन चिन्तनसहित लेखिएको उक्त कृतिमा पूर्वीय दर्शनको प्रभाव देखिएको उहाँको भनाइ छ । प्रवासमा रहेका नेपालीहरुको मनोदशालाई उपन्यासमा चित्रण गरिएको उहाँले बताउनुभयो ।

लेखक रेग्मीले कोभिड–१९ महामारीका बेला बन्दाबन्दी हुँदा उपन्यास लेख्न सुरु गरेको बताउनुभयो । “पाँच वर्षको मेहनपछि उपन्यासले साकार रुप लियो, यसमा ५०।६० वर्षअघिको नेपाली ग्रामीण जनजीवनको चित्रणदेखि अध्यात्मसम्मको वर्णन छ”, उहाँले भन्नुभयो, “उच्च शिक्षाका लागि सहर झरेर गर्नुपरेको सङ्घर्ष, विदेशको दुःख र भोगाइलाई पुस्तकले समेटेको छ ।”

विमोचम कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रमुख सह प्रा.डा. सुदर्शन सिलवाल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ धवलागिरि क्याम्पस इकाईका सभापती भक्तिराम न्यौपाने, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

विमोचन कार्यक्रमका प्रमुख सस्थापक संरक्षक प्राज्ञा प्रेम छोटाको अध्यक्षता , धवलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस डिल्लिराज गौतमको स्वागत र प्राध्यापक उदयचन्द्र चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा ‘शून्यदेखि पूर्णतासम्म’ नामक पुस्तक विमोचन

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki