Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

bk logo final png
  • बागलुङखबर
  • २७ जेष्ठ २०८३, बुधबार २०:३८

बागलुङ, २७ जेठ । बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित भएका छन् ।

मल्ल ‘बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोष’बाट सम्मानित भएका हुन् ।

बुधबार पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मल्ललाई २५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए ।

बागलुङको गलकोटमा जन्मिएका मल्ललाई लामो समय देखि गीतसंगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएबापत सम्मान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए ।

पुरस्कार ग्रहणपछि बोल्दै मल्लले धेरै ठाउँमा आफू सम्मानित भैसके पनि आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताए ।

उनले पुरस्कारले आफुलाई गीतसंगीतमा अझै लागिरहन उत्प्रेणा थपेको सुनाए ।

कार्यक्रममा मल्लले आफ्ना ‘पारिपारि आएका ढाका टोपी लाएका,’ हालै सार्वजनिक भएको चलचित्र मितज्युमा समावेश भएको ‘गैराघरे काँइली’ लगाएतका गीत सुनाएका थिए ।

सम्मानित व्यक्तिको परिचय काजी गाउँले श्रेष्ठले दिएका थिए ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.कृष्णबहादुर श्रेष्ठ, साहित्यकार प्रेम छोटा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बोलेका थिए ।

कोषका सस्थापक राजन शाक्यको स्वागत, विकास शाक्यले धन्यबाद व्यक्त गरेको कार्यक्रमको संचालन कोषका सचिव ईश्वर बज्राचार्यले गरेका थिए ।

कलाकार बाबुराम बज्राचार्य र उनकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उनका परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका हुन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki