Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

bk logo final png
  • बागलुङखबर
  • १९ जेष्ठ २०८३, मंगलवार २०:२०

बागलुङ, १९ जेठ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको हाँडीकोटमा हिजो भएको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

राङ्खानीमा पदमार्ग निर्माणमा खटिएका समयमा श्रीमानको हत्या गरेको आशंकामा श्रीमती सहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक फरिण्द्र प्रसाईले जानकारी दिनुभयो ।

हिनो हाँडीकोटमा रहेको भ्यूटावर पुग्ने पदमार्ग बनाउन खटिएका लमजुङका ६२ बर्षीय देउ कुमार सार्की सोमबार मृत अवस्थामा फेला परेका थिए ।

मृतकको शरिरमा चोट लागेको र घटना संकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाई घटनास्थलमा पुगेर थप अनुसन्धान गर्दा श्रीमती र अन्य काममा खटिएका दुई मजदुरको संलग्नतामा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले उनीहरु पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि प्रहरी प्रमुख प्रसाईनै घटनास्थलमा पुग्दा संगै काम गर्न आएका मजदुर साथीहरूसंग श्रीमती मिलेर ढुङ्गाले हानेर हत्या गरेको आरोपमा श्रीमती सहित तीन जना पक्राउ परेको आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा राम आकाश बिक, आस्बुरे कामी, सार्कीको श्रीमती लक्ष्मी नेपाली पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki