बागलुङ,१७ जेठ । राष्ट्रिय जनमोर्चा पार्टि केन्द्रिय कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा बागलुङले आयोजनामा गरेको वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरूले देशको वर्तमान राजनीतिक परिस्थितिका साथै संविधान संशोधनका विषयमा आफ्ना धारणा राखेका थिए। उनिहरूले संविधानको कार्यान्वयन, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण, राष्ट्रियता, गणतन्त्र तथा संघीय व्यवस्थाका उपलब्धिहरूको संरक्षणमा जोड दिएका थिए।
वक्ताहरूले संविधान संशोधनका विषयमा व्यापक जनबहस आवश्यक रहेको उल्लेख गर्दै संशोधनका नाममा लोकतान्त्रिक उपलब्धि कमजोर हुने कुनै पनि कदम स्वीकार्य नहुने बताएका थिए। उनीहरूले राजनीतिक दलहरूबीच सहमति, सहकार्य र जिम्मेवार भूमिकाबाट मुलुकका विद्यमान समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
जनताको भावना बुझ्ने गरि संविधान संशोधन हुनुपर्नेमा उनिहरुको जोड दिएका थिए । राज्यका तिनै तहले मार्फत विधिको शासन जनता माझ नपुग्ने उनिहरुले बताए ।
जनताले जिताएका प्रतिनिधिले अब ल्याउन खोजेको संविधाम संशोधन गर्न भन्दा विधिको शासनमा टेकेर काम गर्नुपर्ने उनिहरुको भनाई थियो ।
नेपाल कम्युनिस्ट पार्टिका गणेश थापा , नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य राजिव घिमिरे, नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य टेक बहादुर केसी (आजात) , उच्च बार एसोसियसन बागलुङका अध्यक्ष गिता श्रीस, त्रिवि प्राध्यापक संघ धवलागिरि बहुमुखी क्याम्पस बागलुङका सभापति, भक्तिराम न्यौपाने भक्तिराल न्यौपाने, नेपाल पत्रकार महासङ्ह बागलुङका अध्यक्ष राम थापा अविरलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा राजमोका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका राजमो बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता र सचिव भिमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।







