Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

bk logo final png
  • बागलुङखबर
  • ३० बैशाख २०८३, बुधबार १४:३४

बागलुङ, ३० बैशाख । बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–३ घोसामा सोमबार गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमल जंग थापाले बताउनुभयो ।

प्रहरी निरीक्षक थापाले गोरी काटेर विला लगाउन लागेको अवस्थामा ढोरपाटन नगरपालिका–३ घोसााका ४० वर्षीय लालबिर वि.क., २१ बर्षीय सरोज सुनार, ५५ वर्षीय यम बहादुर रोका, ५३ वर्षीय तिल प्रसाद सुनार, ६० वर्षीय थाम बहादुर सुनार, ४६ वर्षीय बिमल विक, २२ वर्षीय विनोद सुनार, ३० वर्षीय जाल बहादुर कामी, ३७ वर्षीय भक्त बहादुर कामी र ४० वर्षीय रिम प्रसाद सुनारलाई पक्राउ गरिएको उहाँ बताउनुभयो ।

गोरु काटिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई गोरु काटेर भाग लगाउन लागेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट गोरु काट्न प्रयोग गरिएका हतियारहरु समेत बरामद गरिएको छ । पक्राउ परेका दश जनालाई पशुपंक्षी कसूर (गाई, गोरु मार्न वा काट्न नहुने)मा जिल्ला अदालत बागलुङबाट ५ दिको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

नेपालमा गाई वा गोरु काट्न कानूनी रूपमा पूर्ण प्रतिबन्ध छ । संविधान तथा मुलुकी फौजदारी संहिता, २०७४ अनुसार गाइ वा गोरु काट्ने व्यक्तिलाई ३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सहयोग गर्ने वा अंगभंग गर्ने व्यक्तिलाई ६ महिना कैद सजाय र घाइते पार्ने वा यातना दिनेलाई ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु -मुख्यमन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki