Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

bk logo final png
  • बागलुङखबर
  • १ बैशाख २०८३, मंगलवार १४:३६

बागलुङ ,१ वैशाख । बागलुङको रंङ्गवैकटेश मन्दिर तिरुपती बालाजी धाम कुँडुले फेदीमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने भएको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा बैशाख ७ देखी ११ गतेसम्म शालग्राम महोत्सव संचालन गर्न लागिएको हो ।

भगवान लक्ष्मीनारायणको प्राण प्रतिष्ठा गरिएको तिथी ७ गतेदेखी ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव संचालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्राम संग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

महोत्सव अन्तर्गत प्रत्येक दिन सामुहिक गीता वाचन, भजनकिर्तन, कथा वाचन, रथयात्रा, नित्य दिपदान, १ सय ८ क्लस अभिषेक लगायतका कार्यक्रम गरिने स्वामी प्रपन्नाचार्यले बताए । उनका अनुसार शालग्राम र कालीगण्डकीको महिमाबारे समेत चर्चा गरिने छ । महोत्सवका संचालनका लागि अहिले संग्राहालय परिसर सरसफाई, तोरन टाँगने लगायतका कार्य तीव्र रुपमा भईरहेका छन् ।

सुरुङ निर्माण गरी संग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki