Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चौथो जेसिज कपको उपाधि गहतेलाई

  • सुजन रेग्मी
  • २८ चैत्र २०८२, शनिबार १८:१८
चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी
चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

 बागलुङ, २८ चैत्र । चौथो जेसिज कपको उपाधि जोय स्टोर एक्स गहते युवा क्लबले हात पारेको छ।

गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि जोय स्टोर एक्स गहते युवा क्लबले हात पारेको हो ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा जोय स्टोर गहतेले बागलुङ सुधार केन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा मनिष ठकुरीले गरेको गोल नै गहतेको जितका लागि निर्णायक गोल बन्यो ।

प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको जोय स्टोर एक्स गहतेले ‘जेसीज कप’ उचाल्दा बागलुङ सुधार केन्द्र भने यसपटक पनि उपविजेतामा नै सीमित बन्न पुग्यो । तेस्रो संस्करणको जेसीज कपमा पनि सुधार केन्द्र गुठी युनाइटेड क्लबसँग फाइनलमा पराजित भएको थियो ।

विजेता बनेको जोय स्टोर गहतेले २ लाख रुपियाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो भने उपविजेता बागलुङ सुधार केन्द्रले १ लाख रुपियाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको बागलुङ जेसिजका कार्यकारिणी उपाध्यक्ष एवम् खेल संयोजक सुभमराज भण्डारीले जानकारी दिनुभयो ।

सेमिफाइनमा पुग्ने टोलीलाई पनि नगद १२।१२ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार बागलुङ सुधार केन्द्रका मुकुन्द निउरेले प्राप्त गर्दा गहते युवा क्लबका विविध थापा उत्कृष्ट डिफेन्डर, गहतेकै आकाश थापा उत्कृष्ट मिडफिल्डर र सन्तोष महत उत्कृष्ट गोलरक्षक घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार भने नेपाली सेनाको कालीजंग गण घोडाबाँधेका दिपेन दियालीले प्राप्त गर्दा आदर्श विद्यामन्दिर (एभिएम) अनुशासित टिम घोषित हुन सफल रह्यो ।

सर्वोत्कृष्ट खेलाडि र अनुशासित टिमले १०।१० हजार रुपियाँ प्राप्त गरे भने अन्य उत्कृष्ट खेलाडिले नगद ५।५ हजार र ट्रफी प्राप्त गरे ।

विजेता, उपविजेता टोलीका खेलाडीसहित विधागत रुपमा उत्कृट हुने खेलाडीलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

गण्डकी प्रदेशस्तरीय उक्त प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki