Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • २६ चैत्र २०८२, बिहीबार १२:४०

बागलुङ , चैत्र २६। नेपाली सेनाको २३ नम्वर वाहिनी अड्डा, बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।
सेनाको बार्षिक योजना अन्तर्गत भूतपूर्व तथा एकल महिलाहरुको सहभागितामा सम्मेलन सञ्चालन गर्ने योजना बमोजिम सम्मेलन सम्पन्न भएको हो ।

बागलुङ उपसम्मेलन केन्‍द्र २३ नम्वर वाहिनी बागलुङमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ्ग जिल्लामा बसोबास गर्ने करिब १ हजार ३ सय भूतपूर्व सैनिक तथा एकल महिलाहरुको सहभागिता थियो । भूतपूर्व सैनिक तथा उनका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले प्रदान गर्दै आएका कल्याणकारी योजनाबारे जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
गण्डकी प्रदेश अन्तर्गत नेपाली सेनाद्वारा बुधबार तनहुँको खैरेनीटारमा र बागलुङमा सम्मेलन गरिएको थियो ।

कार्यक्रममा प्रधानसेनापति महारथी अशोक राज सिग्देलले तनहुको खैरेनीटारमा गर्नु भएको सम्वोदन बागलुङमा अनललाईन मार्फत प्रस्तुत गरिएको थियो । महारथी सिग्देलले हालै सम्पन्न संसदीय निर्वाचन सफल बनाउन नेपाली सेनाले खेलेको भूमिकाको सर्वत्र प्रशंसा भएको उल्लेख गर्नुभयो।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बढ्दै गइरहेका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मुलुकको सुरक्षामा सबै समय चनाखो भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले नेपाली सेनाले सञ्चालन गर्दै आएका कल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिति २३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी अर्जुन खड्काले एकल महिलाहरुलाई ह्‍विल चियर र बैशाखी वितरण गर्नुको साथै, भूतपूर्व सैनिक तथा एकल महिलाहरुसंग अन्तरक्रिय गरि सुझावहरु लिनु भएको थियो।

कार्यक्रम कल्याणकारी बोर्डका कार्यकारी अध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो ।

कार्यक्रममा पञ्चेबाजा लगाएतका सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाली सेनाका अनुसार यस्ता कार्यक्रमहरूले सेवारत तथा अवकाश प्राप्त सैनिकबीचको सम्बन्ध सुदृढ बनाउँदै कल्याणकारी कोषको दिगोपन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

साथै, शिक्षा, स्वास्थ्य, सहुलियत तथा स्वरोजगारका क्षेत्रमा हिताधिकारीहरूलाई समयानुकूल सेवा तथा सुविधा प्रदान गर्न आवश्यक सुझावहरू संकलन गर्न पनि यस्ता कार्यक्रम उपयोगी हुने बताइएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki