Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जनताको सेवासँगै पशुपालनबाट आत्मनिभर वडा अध्यक्ष च्याङ्ग्रा बेच्न व्यस्त

bk logo final png
  • बागलुङखबर
  • ७ आश्विन २०८२, मंगलवार १२:३८
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ५ का वडा अध्यक्ष सुरेन्द्र गुरूङ । तस्बिर : हरिकृष्ण शर्मा
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ५ का वडा अध्यक्ष सुरेन्द्र गुरूङ । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), ७ असोज । 
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,फल्याकका वडा अध्यक्ष सुरेन्द्र गुरूङ ग्राहकलाई च्याङ्ग्रा बेच्न व्यस्त हुनुहुन्छ । पछिल्लो एक सातायता वडामा कार्यबाहकको जिम्मेबारी दिएर ३ सयभन्दा बढी च्याङ्ग्रा बिक्री गर्न हिँड्नुभएका गुरूङले जोमसोम–बेनी सडकखण्डको पदैलमार्ग हुँदै कास्कीसम्म पुगेर फर्किने योजना छ ।

जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि तथा पशुपालन कर्ममा समेत सक्रिय गुरूङले हरेक वर्ष चाडपर्वमा च्याङ्ग्रा बिक्रीका लागि एक महिना जिल्ला बाहिर जानुहुन्छ । आर्थिक रुपमा विपन्न परिवारमा जन्मिनुभएका वडा अध्यक्ष गुरूङले गोठबाट सिधै उपभोक्तालाई बिक्री गर्ने गरी बजारमा आएर बिक्री गर्दा हुने कमाइलाई पशुपालन र घरायसी काममा खर्च गर्ने गरेको बताउनुभयो ।

करिब तीन वर्ष हुर्काएका च्याङ्ग्रा खरिद गरेर लैजाने व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्दा मुस्ताङको च्याङ्ग्रा महँगो छ भन्ने सन्देश प्रवाह भएकोमा दुःख व्यक्त गर्नुभयो । वडा अध्यक्ष गुरूङ भन्नुहुन्छ, ‘‘मैले जनताको सेवासँगै पशुपालनबाट आत्मनिभर बनेको छु, जनप्रतिनिधिको नियमित कमाइ भएन भने भ्रष्टाचारमा ध्यान जान सक्छ ।’’ वडा अध्यक्ष गुरूङले बजारमा च्याङ्ग्राको जथाभावी बिक्री गर्दा कृषकलाई समेत असर गरेको बताउँदै आगामी दिनमा मुस्ताङका कृषकलाई नै उपभोक्तासम्म पुगेर बिक्री गर्ने समेत अनुरोध गर्नुभएको छ । वडा अध्यक्ष गुरूङले वडामा जनताको दैनिक कामसँगै स्थानीय युवा क्लव, धार्मिक गतिविधिको समेत नेतृत्वमा बसेर काम गर्नुहुन्छ । वडा अध्यक्षमा निर्वाचित भएपछि पनि पशुपालनलाई निरन्तरता दिइरहेका गुरूङले आफ्नो कार्यकाल सकिएपछि झनै सक्रिय भएर लाग्ने बताउनुभयो ।

वडा अध्यक्ष गुरूङ भन्नुहुन्छ, ‘‘अहिले जनतालाई धेरै समय दिनुपर्छ, पशुपालनमा समुदायलाई पनि आर्कषित गरेको छु, मैले पनि कमाइरहेको छु ।’’ राजनीति गर्न सक्षम रहेकाले आफ्नो क्षेत्रमा रहेको सम्भावनामा समेत लगानी गरी सफल ब्यवसायी बन्न सकेमा जनतालाई समेत आर्कषित गर्न सकिने सन्देश वडा अध्यक्ष गुरूङले दिएको गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङले बताउनुभयो ।

प्रवक्ता गुरूङले गाउँपालिकाले २२ औं गाउँसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि र पशुपालनका क्षेत्रमा अनुदान सहितका आकर्षक कार्यक्रमहरू समेत सञ्चालन गरेको बताउनुभयो । कृषि र पशुपालन व्यवसाय प्रवद्धनसँगै आत्मनिर्भर बनाउन औजार विउ विजन, औषधी र प्राविधिक सहयोग गर्दै आएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका च्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रमा मुस्ताङका करिब ८० प्रतिशतभन्दा बढी च्याङ्ग्राका फार्म रहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki