Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्राकृतिक प्रकोपका घटना बढ्नुमा मानवीय लापरवाही

  • बागलुङखबर
  • २ श्रावण २०८२, बिहीबार ०८:३८

बागलुङ १, साउन । मानवीय लापरवाहीका कारण भूक्षयका घटना बढिरहेको सरोकारवालाहरुले बताएका छन् ।

विकास निर्माण र वातावरण संरक्षणबीच समन्वय कायम गर्न स्थानीय तहसँग भू तथा जलाधर व्यवस्थापन कार्यालय पर्वतले मंगलबार आयोजना गरेको समन्वय गोष्ठीमा बोल्ने वक्ताहरुले पछिल्लो समय प्राकृतिक प्रकोपका घटना बढ्नुमा मानवीय लापरवाही रहेको बताएका हुन् । ‘विकासका नाममा लापरवाही गरिरहेका छौं,’ उहाँहरुले भन्नुभयो,‘सानो लापरवाहीको कारण भूक्षयका घटना बढिरहेका छन् ।’

सरोकारवालाहरुले मानवीय कारणले वातावरणीय प्रभाव बढिरहेको बताउँदै वायुप्रदुषणका घटना कम गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले मानवीय लापरवाहीका कारण भूक्षय र प्राकृतिक प्रकोपका घटना बढिरहेको बताउनुभयो । उहाँले मनाङ र मुस्ताङ जस्ता उच्च हिमाली क्षेत्रहरुमा पनि वातावरणीय प्रभावका कारण विनाशकारी घटनाहरु बढेको उल्लेख गर्दै साना कामको समेत दीर्घकालीन असर पर्ने भएकाले सचेत रहन सवैमा आग्रह गर्नुभयो ।

सडक छेउछाउ र पहिरो गएको ठाउँमा वृक्षारोपरण गर्नुपर्ने सांसद थापाको भनाई छ । ‘सडक छेउमा नाली सफा नगर्दा र ढलको उचित व्यवस्थापन नगर्दा बस्तीमा क्षति पुर्याउने खतरा रहेको छ,’ उहाँले भन्नुभयो,‘अम्रेसो तथा अन्य वनस्पतिको वृक्षारोपणमार्फत सडक संरक्षण गर्न सकिन्छ ।’ सांसद थापाले उच्च भूभाग तथा वनको धुरीमा रिचार्जिङ पोखरी निर्माण गरी पानीको दीर्घकालीन संरक्षण गर्न सकिने सुझाव समेत दिनुभयो ।

सांसद थापाले अव्यवस्थित सडक निर्माणको कारण बागलुङमाा पछिल्लो समय बाढी पहिरोका घटना बढिरहेको बताउनुभयो । उहाँले केही साता पहिले जैमिनी नगरपालिकामा बाढीको कारण ठूलो क्षेत्रफलमा रहेको खेत बगरमा परिणत भएको बताउँदै बाढी आउनुमा सडक निर्माण कारण तत्व रहेको बताउनुभयो ।

जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले भू तथा जलाधरको व्यवस्थापन नगरे भयावह अवस्था आउन सक्ने चेतावनी दिनुभयो । विकास निर्माणको नाममा सडक निर्माणमा सक्रियता देखाइए पनि वातावरण संरक्षणमा कमजोरी रहेको भन्दै सबै स्थानीय तह र सम्बन्धित निकायहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नगरप्रमुख पुनले नर्सरी, पोखरी, चौपारी तथा पानी संरक्षणका कार्यहरूमा स्थानीय तह र भू तथा जलाधर कार्यालयबीच साझेदारी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी कार्यालय र स्थानीय तहहरुले साझेदारी गरेर स्थानीयलाई जागरुक गराउँदै भूक्षयका घटना कम गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

भू तथा जलाधर व्यवस्थापन कार्यालयका प्रमुख शम्भु कुमार मिश्रले वातावरणीय दृष्टिले सन्तुलित विकास आवश्यक रहेको बताउनुभयो । उहाँले पोखरी निर्माण गर्दा ढलान नगरी स्थानीय सामग्री प्रयोग गर्नुपर्ने, कंक्रिटको सट्टा ढुंगा प्रयोग गरेर पानी रिचार्जिङ्गको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

पहिरो गएको स्थानमा तारजाली नभई वृक्षारोपण गर्नु र सडक पाखोमा बायो इन्जिनियरिङ्ग प्रविधिको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा बागलुङ जिल्लामा ४६ वटा योजना सञ्चालन गरेकोमा ४३ योजना सम्पन्न भइसकेको जानकारी गराइएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ मा बागलुङ जिल्लामा प्रदेश सरकारबाट ३२ र संघ सरकारबाट ४ वटा योजना रहेको प्रमुख मिश्रले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki