Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जापान जाने कामदारमाथि ‘सिन्डिकेट’ को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

bk logo final png
  • BAGLUNGKHABAR
  • १३ असार २०८२, शुक्रबार १७:१५

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी कामदार युवामाथि भइरहेको शोषण र अनावश्यक झमेलालाई ‘गम्भीर सिन्डिकेट’को परिणाम भन्दै तत्काल कारबाहीको माग गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा शिवाकोटीले भिसा आइसकेपछि फेरि भाषा परीक्षा लिने प्रक्रिया गैरकानूनी र अमानवीय भएको उल्लेख गर्दै यसले प्रशिक्षार्थी युवाको सपना र श्रममाथि खेलबाड गरिरहेको बताए ।

‘जब जापानी पक्षले युवालाई स्वीकार गरिसकेको छ र भिसा नै आइसकेको छ, त्यसपछि फेरि भाषा परीक्षा लिने नाममा रोक्नु, अलमल्याउनु र आर्थिक रूपमा शोषण गर्नु अमानवीय हो,’ शिवाकोटीले लेखेका छन् ।

उनका अनुसार यो प्रक्रिया विगत १५ वर्षदेखि चल्दै आएको एउटा ‘सिन्डिकेट’ को हिस्सा हो, जसले प्रशिक्षार्थी युवाको श्रम बेचेर नाफामुखी धन्दा सञ्चालन गरिरहेको छ। विशेषतः जाइका एल्मुनाइ एसोसिएसन नेपाल जानसँग वैदेशिक रोजगार विभागको सहकार्यलाई उनले यसै सिन्डिकेटको नमूना भन्दै तत्काल तोड्नुपर्ने माग गरेका छन् ।

शिवाकोटीले यो अवस्था भिजिट भिसा प्रकरण जस्तै भयावह भएको उल्लेख गर्दै भनेका छन्, ‘केही सीमित व्यक्ति र संस्थाले सरकारी संयन्त्रको नाम लिई निर्दोष युवाको भविष्य र परिवारको लगानीमा खेलबाड गरिरहेका छन्।

उनले वैदेशिक रोजगार विभागलाई सुशासन र पारदर्शिता व्यवहारमा देखाउन आग्रह गर्दै अनधिकृत संस्था तथा एजेन्सीहरूलाई श्रम प्रक्रियाबाट तत्काल हटाई छानबिन र कारबाही थाल्नुपर्ने माग गरेका छन् ।

‘हामीले आफ्ना युवाको श्रमको सम्मान गर्न नसक्ने हो भने देशभित्रको बेरोजगारीको समाधान खोज्ने नैतिक आधार पनि गुम्छ,’ शिवाकोटीले लेखेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki