Skip to content

follow us

baglungkhabar.tv

26th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

bk logo final png
  • बागलुङखबर
  • २० जेष्ठ २०८२, सोमबार ०८:३८

बागलुङ, १९ जेठ । बागलुङमा जारी एसईई स्तरीय दोस्रो संस्करणको आदर्श कप छात्र तथा छात्रा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको चौथो दिन आईतबार चिल्ड्रन लाईफ इङ्गलिस बोर्डिङ स्कुल, आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय, गुराँस विद्या सदन र गरिमा आवासीय माध्यमिक विद्यालय विजयी हुँदै अन्तिम चारमा प्रवेश गरे ।

आईतबार भएको पहिलो क्वाटरफाइनल खेलमा चिल्ड्रेन लाईफले प्रिसियस एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको ९ औ मिनेटमा प्राप्त पेनाल्टीमा विशाल थापाले गोल गर्दै चिल्ड्रेन लाईफको अन्तिम चारको स्थान पक्का गरे ।

आईतबारको दोस्रो खेलमा कप्तान दिवस थापाको गोलको मद्धतमा गुराँसले सनराइज आवासीय माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्यो । दिवसले खेलको २६ औँ मिनेटमा गरेको हेडिङ गोल नै जितमा निर्णायक बन्यो ।

आईतबार भएको तेस्रो खेलमा आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय (नीलो)ले सुझाव बानियाँको ह्याट्रिकको मद्धतमा न्यू एभरेष्ट एकेडेमी (ए)लाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । एकतर्फ खेलमा आदर्शका सुझावले खेलको ७ औं, २२ औं र २४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । निकै फितलो खेल प्रदर्शन गरेको एभरेष्टले खेलको ८ औं मिनेटमा एक आत्मघाती गोलको सामना गर्नुपर्यो ।

यस्तै चौथो खेलमा ट्राइबेकरमा रुद्रेपिपल माध्यमिक विद्यालयलाई ५–३ गोलअन्तरले पराजित गर्दै गरिमा आवासीय मावि सेमिफाइनल प्रवेश गर्यो ।

निर्धारित समयमा रुद्रेपिपलका चन्दन माझी र गरिमाका प्रिन्स कुँवरले एक÷एक गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको ७ औं मिनेटमा चन्दनको गोलबाट अग्रता लिएको रुद्रेपिपलले जोगाउन सकेन । गरिमाका प्रिन्सले खेलको २० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।

ट्राइबेकरमा रुद्रेपिपलका चन्दन माझी गोल गर्न चुक्दा टोलीले ३–५ गोलको हार व्यहोर्नुपर्यो । पेनाल्टीमा रुद्रेपिपलका गणेश बोसेल, सुमन माझी र कुशल गर्वुजा तथा गरिमाका सविन थापा, अप्सन गौतम, गगन थापा, प्रिन्स कुँवर र चिराग रोकाले गोल गरे ।

सोमबार छात्र र छात्रा तर्फका सेमिफाइनलका खेल हुने आयोजक आदर्श स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो ।

छात्र तर्फ पहिलो सेमिफाइनल खेल गरिमा आवासिय मावि विरुद्ध चिल्ड्रेन लाईफ र दोस्रो सेमिफाइनल आदर्श विद्यामन्दिर मावि विरुद्ध गुराँस विद्या सदन बिच हुनेछ भने छात्रा तर्फ पहिलो सेमिफाइनल न्यू ओयसिस एकेडेमी विरुद्ध रुद्रेपिपल माध्यमिक विद्यालय र दोस्रो सेमिफाइनल आदर्श विद्यामन्दिर विरुद्ध चिल्ड्रेन लाईफ बिच हुने बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki