Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालिका मन्दिरमा चैते दसैंमा मात्र ४२ लाख भेटी संकलन

bk logo final png
  • बागलुङखबर
  • २७ चैत्र २०८१, बिहीबार १०:०७
चैत्राष्टमीको दिन बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न लागेका भक्तजनहरुको भीड तस्विर : अर्जुन कार्की

बागलुङ, २८ चैत । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा ४२ लाख रुपियाँ भेटी संकलन भएको छ ।

कालिका मन्दिरमा यस पटकको चैते दसैं (नवरात्री)को अवसरमा ४२ लाख ६३ हजार एक सय ५५ रुपियाँ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले यस वर्ष चैते दसैंको दिन (अष्टमी)मा सवैभन्दा बढी भेटी संकलन भएको बताउनुभयो । उक्त दिन ११ लाख ८१ हजार पाँच सय ९० रुपियाँ संकलन भएको छ ।

खड्काले गतवर्ष चैते दसैंको तुलनामा यस वर्ष एक लाख ९० हजार ५ सय ९७ रुपियाँ बढी भेटी संकलन भएको बताउनुभयो । गत वर्षको चैते दसैंको अवसरमा मन्दिरमा ४० लाख ७२ हजार पाँच सय ५८ रुपियाँ भेटी संकलन भएको थियो । मन्दिर दर्शन गर्ने भक्तजनहरुले भेटी, नगद सहयोग र बली लगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैं र चैते दशैंमा सबैभन्दा बढी भेटी संकलन हुँदै आएको छ ।

चैते दशैं अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाई छ । उहाँले गत वर्षको चैते दसैंमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी संकलनमा वृद्धि भएको बताउनुभयो । अष्टमीको दिनमा मात्र तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाई छ ।

चैते दसैंमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताउनुभयो ।

यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई प्रसादको रुपमा खिर वितरण गरेको थियो । अध्यक्ष खड्काले दैनिक एक सय देखि दुई सय लिटर दुधको खिर वितरण गरिएको बताउनुभयो । ‘मन्दिरमा उपस्थित हुने भक्तजनहरुलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौं,’ उहाँले भन्नुभयो,‘दैनिक एक सय देखि दुई समय लिटर दुधको खिर भक्तजनहरुलाई वितरण गर्यौ । प्रसाद वितरणमा ५ लाख रुपैयाँ खर्च भएको छ ।’

चैते दसैंमा भक्तजनहरुलाई सहजरुपमा पुजाआजाको लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । ‘मन्दिरमा अघिपछि एक वटा ढोकाबाट पुजाअर्चना गर्ने व्यवस्था हुन्छ,’ उहाँले भन्नुभयो,‘चैते दसैंमा भक्तजनहरुको भिड हुने हुँदा तीन वटै ढोकाबाट पुजा गर्न खुल्ला गरिएको थियो ।’ अध्यक्ष खड्काले मन्दिरमा नियमित २५ जना कर्मचारी भएपनि चैत्राष्टमीमा भक्तजनहरुको सहजताको लागि २२ जना कर्मचारी थप गरेको बताउनुभयो ।

कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवन लगायत देशभरबाट भक्तजनहरु आएका थिए । पछिल्लो समय चैते दशैंको बेला १०, १५ प्रतिशत भारतीय भक्तजनहरु पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki