Skip to content

follow us

baglungkhabar.tv

7th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जेसीज कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

  • १८ फाल्गुन २०८१, आईतवार १९:५४

बागलुङ, १८ फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।

जेसीज बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आईतबार उद्घाटन समारोहमा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले ट्रफी अनावरण गर्नुभएको हो । प्रतियोगिताका खेलहरु सोमबारदेखि हुने आयोजकले जनाएको छ ।

उद्घाटन समारोह तथा ट्रफी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ सुवेदीले खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै जेसीज कपले जिल्लाको खेल क्षेत्र र पर्यटन क्षेत्रमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सुरज बोसेल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलाल, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल र प्रभु बैंकका गौरव रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जेसीज बागलुङ वर्ष २०२५ का अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा निर्वतमान अध्यक्ष गणेश महतोले स्वागत मन्तव्य र महासचिव सुलभ खड्काले संचालन गर्नुभएको थियो ।

जेसीजले यस वर्ष वातावरण संरक्षणको सन्देश दिन ‘गोल ग्रिनः स्कोर फर ग्रिनर नेपाल’को नारालाई अंगीकार गर्दै ‘एक गोल, एक वृक्ष’, ‘एक खेलाडी, एक वृक्ष’ र ‘एक सदस्य, एक वृक्ष’ अभियान संचालन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रतियोगिताबाट हुने मुनाफाको केही हिस्सा वातावरण संरक्षण कार्यमा लगानी गरिने बताउनुभएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ वटा क्लबहरुले सहभागिता जनाएका छन् । साविक विजेता बागलुङ सुधार केन्द्र र पहिलो संकरणको विजेता नेपाल आर्मीको श्रीमेहर गण सहित बलेवा एफसी, हाइकर्स युनाइटेड, रुद्रेपिपल युवा क्लब, गुठी युनाईटेड, म्याग्दी जिल्ला फुटबल संघ, पर्पल हेच÷आदर्श विद्यामन्दिर, बागलुङ युनिटी क्लब, अमर आदर्श र जिल्ला प्रहरी कार्यालय बागलुङको टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको पहिलो खेल सोमबार बलेवा फुटबल क्लब र हाइकर्स युनाइटेड विच हुने महासचिव खड्काले बताउनुभयो । फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि १२ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki