Skip to content

follow us

baglungkhabar.tv

26th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चौथो लखन कप : पहिलो चरणको खेल सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १४ फाल्गुन २०८१, बुधबार ०८:१०

बागलुङ, १४ फागुन । चौथो लखन कप २०८१ खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत पहिलो चरणको खेल सम्पन्न भएको छ ।

पहिलो चरणको खेल अन्तर्गत मंलबार ६ खेल सम्पन्न भए । मंगलबार भएको पहिलो खेलमा भिमापोखरा खेलकुद विकास समितिले हर्राचौर युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । भिमापोखराले २५–१५ र २५–२१ को सहज जित हात पार्दै अघिल्लो चरणको यात्रा सुनिश्चीत गरेको हो ।

दोस्रो खेलमा खुसी डेन्टल होमले बिहानी युवा क्लब गौश्वारालाई २–१ सेटले पराजित गरेको छ । पहिलो सेट २५–१६ ले आफ्नो पोल्टामा पारेको खुसी डेन्टलले दोस्रो सेट २५–२३ ले बिहानी युवा क्लबलाई सुम्पिन पुग्यो । तेस्रो तथा निर्णायक सेटमा उत्कृष्ट पुनरागमन गर्दै खुसी डेन्टलले २५–१५ को सहज जित हात पारेको हो । मंगलबारको तेस्रो खेलमा काठेखोला–१ पालाले जैमिनी नगरपालिका–३ लाई सोझो सेटमा पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश ग¥यो । पहिलो सेट २६–२४ को संघर्षपूर्ण जित हात पारेको पालाले दोस्रो सेट भने २५–१५ ले सहज रुपमा हात पा¥यो ।

पहिलो सेटमा १२–२४ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै पालाले २६–२४ को जित हात पारेको थियो । विपक्षी टिम १२ अंकमा हुँदा अन्तिम अंक ल्याएको जैमिनी नगरपालिका–३ ले लगातार १४ अंक गुमाउँदै सेट पनि गुमायो र अन्ततः खेल नै गुमाउन पुग्यो । चौथो खेलमा एलके भिलेज लेखानीले खेलकुद विकास समिति रायडाँडालाई सोटो सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२१ ले जितेको लेखानीले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेका थियो ।

पाँचौं खेलमा काठेखाला गाउँपालिका–७ रेशलाई सोझो सेटमा पन्छाउँदै तमानखोला गाउँपालिका–६ नर्जाखानी अघिल्लो चरणमा प्रवेश गरेको छ । नर्जाखानीले पहिलो सेट २५–२३ र दोस्रो सेट २६–२४ ले जित हात पा¥यो । मंगलबारको अन्तिम तथा समुह चरणको अन्तिम खेलमा अनुशा एण्ड अस्मित होटल रेष्टुरेन्ट गलकोट नगरपालिका–१ दुदिलाभाटीले तित्याङ भलिबललाई सोझो सेटमा पराजित ग¥यो । अनुशा एण्ड अस्मितले २५–१७ र २५–१७ को सेटमा खेल जितेको थियो । बुधबार बिहान ७ बजेबाट दोस्रो चरण अन्तर्गका खेलहरु सञ्चालन हुनेछ ।

बुधबारको पहिलो खेल सिगाना भलिबल बानपा–८ का विरुद्ध भिमापोखरा खेलकुद विकास समिति, दोस्रो ८ बजे तमानखोला–६ नर्जाखानी विरुद्ध पुन समाज नरेठाँटी, तेस्रो खेल पकुवा भलिबल पर्वत विरुद्ध काठेखोला–१ पाला, चौथो खेल तंग्राम भलिबल विरुद्ध खुसी डेन्टल होमबीच हुनेछ । छैठौ खेलमा सिगाना र भिमापोखराको विजेतासंग अनुशा एण्ड अस्मित रेष्टुरेन्टले प्रतिस्पर्धा गर्नेछ भने सातौ खेलमा तंग्राम र खुसी डेन्टलबीचको विजेतासंग एलके भिलेज लेखानीले प्रतिस्पर्धा गर्नेछ ।

४३ औं मगर दिवसको अवसरमा आयोजित चौथो लखन कप खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिता, महिला, पुरुष लठो तान्ने प्रतियोगिता, महिला पुरुष छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

पुरुष भलिबलको प्रथम पुरस्कार नगद ८१ हजार एक सय ८१ रुपैयाँ र द्वितीय पुरस्कार ४१ हजार एक सय ४१ रुपैयाँ पुरस्कार राखिएको छ । महिला भलिबलका लागि प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार १५ हजार रुपैयाँ राखिएको छ ।

Share this:

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

भर्खरै

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki