Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन प्रदेश मन्त्रालय लागिपरेको छ : स्वास्थ्यमन्त्री पाठक

bk logo final png
  • बागलुङखबर
  • १० फाल्गुन २०८१, शनिबार २१:२८

बागलुङ, १० फागुन । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन प्रदेश मन्त्रालय लागिपरेको बताएका छन् ।

स्वास्थ्य संस्थाको सुद्रीकरणको लागि नीतिगत कानुनी र संरचनागत सुधार आवश्यक रहेको बताउँदै मन्त्री पाठकले यसको सुधारमा मन्त्रालयले कार्यविधि बनाएर काम गरिरहेको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल जिल्ला कार्यसमिति बाग्लुङको चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा मन्त्री पाठक भनेका थिए ।

प्रदेश स्वास्थ्य मन्त्रालयले अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार गर्न काम गरिरहेको मन्त्री पाठकको भनाई थियो ।

प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरूको स्तर उन्नति गर्न योजनाबद्ध रुपमा काम गरिरहेको उनले बताए। मन्त्री पाठकले आर्थिक अनुशासन र पारदर्शितामा ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिएका थिए । आम नागरिकले महसुस गर्ने गरी स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मी प्रतिबद्ध हुनुपर्ने मन्त्री पाठकको भनाई छ ।

आम स्वास्थ्यकर्मीले साथ दिएमा प्रदेश सरकारले जनताले महसुस गर्ने गरी काम गर्ने र स्वास्थ्यकर्मीको हकहितको लागि समेत प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki