Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शिक्षक छोडेर होटल व्यवसायमा सफल बन्दै ताल बहादुर

bk logo final png
  • बागलुङखबर
  • ३० श्रावण २०८१, बुधबार ०७:१३

बागलुङ ३० साउन । काठेखोला गाउपालिका ७ रेशका ताल बहादुर कुँवर विगत २० वर्ष देखि होटल व्यवसायमा प्रगती गर्दै आएका छन । उनले होटल सितल पार्टी प्यालेस १३ वर्ष देखि सञ्चालनमा ल्याएका छन ।

उनले १२ वर्षदेखि सिवधाराचोकको होटल सितल पार्टीप्यालेसको नामबाट सञ्चालन गरिदै आएको होटल हालैमात्र उपल्लाचौर बागलुङ बसपार्क संगैबाट सेवा दिन थालिएको हो । १४ वटा एसी र १० वटा ननएसी सहितका सुविधा सम्पन्न कोठा, रेष्टुराँ, दुई वटा सभाहल, प्रयाप्त पार्कीङ सुविधा सहित कुँवरले साविकको रेड एप्पल भएको होटललाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याउका छन् ।

बागलुङ बजारको जीपपार्क चोकको सानो घरमा होटल सितलको नामबाट २०६० साल फागुन १ गतेबाट थालेको होटल व्यवसाय भिआईपी होटलका रुपमा परिणत भइसकेको छ ।

सानो घरबाट होटल व्यवसाय लागेका कुँवर अहिले बागलुङ बजारको उपल्लाचौरबाट भिआईपी होटलबाट सेवा दिन थालका छन् । चार कोठा बाट शुरु गरेको होटल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको कुँवरको भनाई छ ।

शिक्षक छोडेर होटल व्यवसायमा

शैक्षिक क्षेत्रमा स्नातक सकेर स्नातकोत्तर अध्ययन गर्ने सपना देखेका कुँवर शिक्षक पेशालाई तीन वर्षमै बीट मारेर होटल व्यवसायमा लागेका हो ।

तीन वर्ष काठेखोला गाउँपालिका–८ स्थित लेखानी माध्यामिक विद्यालयमा अध्यापन गरे, पारिवारिक समस्या थियो, डिग्री पढ्ने सपना त्यागेर विदेश जाने सोच नभएको हैन, अलिअलि रकम विदेश जाने चक्करमा डुबाइयो, एक दुई वर्ष होटल चलाम त्यसपछि बिक्रि गरेर विदेश जानुपर्ला भनेको थिए, तर होटल व्यवसायमा निरन्तर सफलता पाउदै आज २१ वर्षमा पुगिसके” कुँवरले भने होटल व्यवसाय २० वर्ष पहिला रहर नभएर बाध्यता बन्यो, अहिले जिल्लाकै ठूलो होटल मध्ये आफ्नो सितल होटल पर्न थालेको छ, पाउनालाई ढुक्क संग राख्न सक्नेभएका छौं, २० वर्षमा धेरै उताढ चढाव आए, अहिले सितल होटल तथा पार्टी प्यालेसलाई रु। २ करोड लगानी थपेर उपल्लाचौरबाट सेवा दिन थालेको छु ।
पछिल्लो समय बागलुङमा पर्यटकीय गतिविधि बढ्दै गएपछि ठूला होटलको आवश्यकता खड्कदै गएको पाइएको उनको भनाई छ ।

२४ वटा सुविधा सम्पन्न कोठा

दुई करोड लगानीमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल सितल एण्ड पार्टी प्यालेसमा जम्मा २४ सुविधा सम्पन्न कोठा रहेका छन् । जसमध्ये १४ वटा कोठा एसी सहितका छन् भने १० वटा कोठा नसएसी रहेका छन् ।

एकरात सुतेको कोठाको सुविधा हेरेर दुई हजार देखि तीन हजार सम्म रकममा बुक गर्न सकिने कुँवरले बताउनुभयो । १२ वर्ष शिवधाराचोकबाट १० वटा कोठासहितको होटलबाट सेवा दिदै आएकोमा शान्त वातावरण, पार्कीङ, सुविधा सम्पन्न हल, बिबाह तथा पार्टीका लागि समेत उपयुक्त भएकाले उपल्लाचौरको पाँच तले नयाँ भवनबाट सेवा दिन थालेको कुँवरको भनाई छ । होटलमा पर्याप्त पार्कीङको समेत सुविधा रहेको छ ।

होटलका लागि पार्कीङ सुविधा महत्वपूर्ण रहेछ, बजार भित्र पार्कीङको समस्या थियो, बिबाह र पार्टीका लागि समेत उपयुक्त स्थान नभएपछि उपल्लाचौर स्थित बागलुङ बसपार्क नजिकै नयाँ व्यवस्थापनका साथ होटल सञ्चालनमा ल्याएको छु” कुँवरले भने २० वर्षको होटल व्यवसायको अनुभव, सम्पर्क र समन्वय, सामाजिक कार्य लगायतका कारण होटल चल्नेमा समस्या छैन, बागलुङमा सुविधा सम्पन्न होटलको अझै खाँचो रहेको छ । कुँवरले बागलुङमा स्टार होटलको खाँचो रहेको बताए।

कुँवरले नयाँ व्यवस्थापमा सञ्चालनमा ल्याएको सितल होटलमा बिबाह समारोह तथा पार्टीका लागि समेत बुकिङ खुल्ला गरिएको जानकारी दिनुभयो । कुँवरले मासिक एक लाख भाडा तिर्नेगरी १५ वर्षका लागि उक्त घर सम्झौता गरेर होटल सञ्चालनमा ल्याएका हुन् ।

कुँवरले होटल सञ्चालन गर्दै गर्दा धेरै पाहुँना आउदाको दिन हुँने समस्याले हैरान परेकाले २४ कोठाको होटल सञ्चालनमा ल्याएको बताए । उहाँले एक बसमा पहुँना आउदाको दिन होटलले कोठा छैन भन्ने अवस्थाको अन्त्यका लागि २४ कोठाको सुविधा सम्पन्न लग्जरी होटल सञ्चालनमा ल्याएको बताए ।

२४ कोठामध्ये अधिकांश कोठामा बाहिर निस्केर दृश्यालोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । पछिल्लो समय पोखरा तथा कुश्मा र म्याग्दीमा खुलेका सुविधा सम्पन्न होटलमा जस्तै कोठाको सुविधालाई बढाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki