Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ जिल्ला लिग फुटबलः बाल जीवन फाइनल प्रवेश, रामरेखा रेलिगेशनमा

  • अर्जुन कार्की
  • ५ जेष्ठ २०८१, शनिबार १८:३३

बागलुङ, ५ जेठ । बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिको लागि बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ) र पावर फिटनेस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार समुह ‘ख’को अन्तिम चरणको खेलमा बाल जीवनले रामरेखा फुटबल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बाल जीवनको जितमा निश्चल महतले ह्याट्रिक गरे । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका निश्चिलले खेलको ६० औं र ६३ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक गरे । बाल जीवनको लागि खेलको ३२ औं मिनेटमा सोनम विक र खेलको ५८ औं मिनेटमा विपुल कार्कीले गोल गरेका थिए ।

बाल जीवनले समुह ‘ख’मा अपराजित रहँदै नौं अंकको साथ शिर्ष स्थानमा रहेर फाइनल पुगेको हो । प्रतियोगितामा कुनै अंक जोडन नसकेको रामरेखा रेलिगेशनमा परेको छ । रामरेखाले प्रतियोगितामा १२ गोल खादा २ गोल मात्र गर्न सक्यो ।

पावर फिटनेस क्लब शुक्रबार नै फाइनल पुगिसकेको छ । शुक्रबार पावर फिटनेसले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै समुह ‘क’को शिर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । फाइनल खेल आईतबार दिउँसो हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो ।

यस्तै शनिबार बाङेचौर मैदानमा भएको दोस्रो खेलमा गुठी युनाईटेड क्लब र वीर गोर्खाली युवा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दुई टोली बीचको खेल औपचारिकता मात्रै थियो ।

जिल्ला फुटबल संघले ८ टिम सहभागि लिगलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता संचालन गरेको थियो । लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने कोषाध्यक्ष सूर्य लामिछानेले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki