Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसिया कप : नेपालले आज विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्दै

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ भाद्र २०८०, सोमबार ०८:३९

काठमाडौं , १८ भदौ । नेपालले एसिया कपमा आज विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा भारतविरुद्ध खेल्दैछ ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । तर सिनियर स्तरमा भारतसँग भिड्न नेपालले २७ वर्ष पर्खनु पर्यो । नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको हो । भारत र पाकिस्तानसँग खेल्न पाउनुनै नेपाल जस्तो देशका लागि एउटा उपलब्धी हो ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । तर भारत र पाकिस्तानसँग खेल वर्षाको कारण रद्द भयो । यदि यस खेलमा नेपाल विजयी भएमा सुपर फोरमा पुग्नेछ । वर्षाले प्रभावित हुँदै रद्द भएमा वा नेपाल पराजित भएमा भने बाहिरिनुपर्ने हुन्छ ।

विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँग खेल्ने दुर्लभ अवसर नेपाली खेलाडीले पाउनेछन् । सायद यी दुई खेलाडीसँगको खेल यो नै अन्तिम हुनसक्छ । अर्को पटक एसिया कपमा नेपालले स्थान बनाउँछ वा बनाउँदैन थाहा छैन ।

विराट कोहली पछिल्लो एक दशकयताका सर्वाधिक सफल ब्याटर भन्दा कुनै फरक नपर्ला । हरेक नेपाली बलरलाई कोहलीको विकेट सपना हुनेछ । कोहली नेपालविरुद्ध कसरी उत्रिन्छन् त्यो हेर्न बाँकी छ ।

रोहित, विराट सँगसँगै श्रेयस ऐयर, ईशान किशन र हार्दिक पान्ड्याले गर्दा भारतको मध्यक्रम पनि मजबुत छ । नेपाली खेलाडीको लागि यो ठूलो अवसर हो । धेरै नेपाली खेलाडीको आइपिएल खेल्ने सपना छ । त्यो सपना पूरा गर्न आज राम्रो गर्नुपर्ने हुन्छ ।

नेपाललाई गुमाउनु केहि छैन । हार स्वभाविक हो । तर आफ्नो उत्कृष्ट क्रिकेट भने देखाउन सक्नुपर्छ । कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख र आरिफ शेख ब्याटर हुन् । कप्तान रोहित र कुशल भुर्तेल प्रमुख ब्याटर हुन् ।
पाल र भारतबीचको खेल हुने समयमा वर्षा हुने सम्भावना ८० प्रतिशत सम्म छ । वर्षा नेपालको ऐतिहासिक खेलमा बाधक बन्नसक्छ ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki