Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसिया कप : नेपाल आज पाकिस्तानसँग भिड्दै

bk logo final png
  • BAGLUNGKHABAR
  • १३ भाद्र २०८०, बुधबार ०८:२५

काठमाडौं, १३ भदौ । पाकिस्तानको मुल्तानमा नेपालले बुधबार एसिया कप क्रिकेटमा डेब्यु गर्दैछ। मुल्तान क्रिकेट रंगशालामा घरेलु टोली पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्न लागेको हो।

आफ्नो डेब्यु खेललाई यादगार बनाउने अभियानमा नेपाल छ। तर, त्यसका लागि पाकिस्तानको धारिलो बलिङ आक्रमणसँगै विस्फोटक ब्याटिङ लाइनलाई निस्तेज पार्नु जरुरी छ। पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण विश्वकै उत्कृष्ट मानिन्छ। साहिन साह अफ्रिदी, हरिस रौफ र नसिम साह पाकिस्तानका उत्कृष्ट बलर मानिन्छन्। उनीहरूको बलिङको सामना गर्न विश्वका चर्चित ब्याटरलाई पनि हम्मेहम्मे पर्ने गर्छ।

घरेलु टोली पाकिस्तानको मुख्य हतियार तीब्र गतिको बलिङलाई निस्तेज पार्न नेपालले कस्तो रणनीति बनाउँछ भन्ने उत्सुकता सबैमा छ। तीव्र गतिको बलिङ सामु नेपाली ब्याटिङको प्रदर्शन औसत मानिन्छ। तीव्र गतिको बलिङमा हाम्रा खेलाडीले रन बनाउन संघर्ष गर्दै आएका छन्। यस्तो अवस्थामा मुख्य प्रशिक्षक मोन्टी देसाइले कस्तो रणनीति बनाउँछन्, त्यो हेर्न बाँकी छ।

नेपालका कप्तान रोहित पौडेल पाकिस्तानको बलिङ आक्रामण निस्तेज पार्न तीब्र गतिसँगै सर्ट बलमा विशेष तयारी गरेको बताउँछन्। ‘तीव्र गतिको बलिङका लागि प्रशिक्षक देसाइले विशेष योजना बनाउनु भएको छ। हामीले तीव्र गतिको बलिङका लागि विशेष तयारी गरेका छौं’, रोहित भन्छन्, ‘पाकिस्तानविरुद्ध हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छौं।’

पछिल्लो समय पाकिस्तान एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ। बलिङसँगै ब्याटिङमा पनि उत्कृष्ट मानिन्छ। कप्तान बाबर आजम, मोहमद रिजवान र फाखर जमान पाकिस्तानका उत्कृष्ट ब्याटर हुन्। कप्तान बाबर आजमलाई त पछिल्लो समयमा विश्व क्रिकेटकै उत्कृष्ट खेलाडी मानिन्छ। विश्वकै उत्कृष्ट टोली पाकिस्तानविरुद्ध नेपालले नियमित खेलाडीलाई मैदान उतार्ने निश्चित छ।

नेपालले नियमित ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट उत्कृष्ट सुरुवातको अपेक्षा राखेको छ। यससँगै मध्यमक्रमका भीम सार्की, कप्तान रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र आक्रामक अलराउन्डर गुलसन झाबाट पनि उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ। बलिङमा तीब्र गतिका करण केसी, गुलसन झा, सोमपाल कामीसँगै सन्दीप लामिछानेको स्पिनले पाकिस्तानलाई दबाबमा राख्ने आशा गरिएको छ।

एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीका लागि एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप आयोजना गर्दै आएको छ। सन् १९८४ बाट सुरु भएको एसिया कपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पाँच पूर्ण सदस्य र छनोटबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्दै आएका छन्।

सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा भारत, पाकिस्तान र नेपाल छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छ। सुपर चारबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। एसिया कपको सर्वाधिक सफल टोली भारत हो। १६ संस्करणमध्ये भारतले आठ पटक उपाधि जितेको छ। यस्तै श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक एसिया कपको उपाधि चुमेको छ।

गत मेमा घरेलु भूमिमा भएको एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एसिया कपको टिकट काटेको हो।

नेपालले २१ वर्षपछि एसिया कप खेल्न लागेको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपमा छनोट भएको थियो। सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा छनोट भएको थियो। त्यतिबेला एसीसी ट्रफीको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुन्थे। उक्त फाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।

नेपालले एसिया कपमा स्थान बनाए पनि प्रतियोगिता नभएपछि खेल्न पाएन। भारत र पाकिस्तानबीचको आन्तरिक विवादका कारण सन् २००२ को एसिया कप नै रद्द भएको थियो। जसका कारण नेपाल र यूएईले निरास हुनुपरेको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki