Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यालय तहमा नेपाली बालसाहित्य

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ श्रावण २०८०, मंगलवार ०८:२८

बालबालिका काँचो माटो हुन् । जसरी काँचो माटोबाट विभिन्न आकार र प्रकारका भाँडाहरू बनाउन सकिन्छ त्यसरी नै बालबालिकालाई चाहेअनुसारको मान्छे बनाउन सकिन्छ । यो बनाउने व्यक्ति भनेको घरमा अभिभावक र विद्यालयमा शिक्षक हो । अभिभावकको भन्दा पनि यसमा महत्वपूर्ण भूमिका भनेको शिक्षककै हुन्छ । बालबालिकामा शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास गराउने दायित्व भनेको शिक्षककै हो । हरेक व्यक्तिमा विशेष किसिमको आन्तरिक प्रतिभा अन्तरनिहित हुन्छ । यस्तो अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउन उचित वातावरण दिदै सर्वाङ्गीण विकास गराउनु नै सिकाइ क्रियाकलापमा शिक्षक सफल बन्नु हो । मानसिक विकासअन्तर्गत साहित्य, कला र संगीत पर्दछन् । भाषा र साहित्य सिकाउन विद्यालय तहमा नेपाली विषयको व्यवस्था गरिएको छ । यही नेपाली विषयको माध्यमबाट नेपाली शिक्षकले बालबालिकालाई साहित्यमा उत्प्रेरित गर्दै रुचि जगाएर सिर्जनात्मक कलामा उतार्न सक्छन् ।

अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्य पनि पर्ने भएकोले विद्यालयमा साप्ताहिक तथा पाक्षिक रुपमा कविता, कथा, निबन्ध जस्ता विभिन्न विधाका प्रतियोगिताहरू सञ्चालन गरेर बालबालिकालाई साहित्यप्रति उत्प्रेरित गर्न सकिन्छ । यस्ता प्रतियोगितामा उत्कृष्ट भएका रचनाहरूलाई सङ्कलन गरेर वार्षिक रूपमा विद्यालयको मुखपत्र निकाली यसमा स्थान दिन सकिन्छ । यसो गर्दा बालबालिकामा थप ऊर्जा प्रदान भएर अझ सशक्त प्रतिभाको जन्म हुन सक्छ । यति मात्र होइन यस्ता अतिरिक्त क्रियाकलापका प्रतियोगिताहरुको छनौटमा परेका राम्रा रचनाहरुलाई राष्ट्रिय स्तरबाट प्रकाशित हुने मुना, कोपिला, जुनकिरी, अङ्कुर जस्ता बाल पत्रिकाहरूमा पठाएर प्रकाशित गर्दा अझ बढी प्रोत्साहन हुन सक्दछ । यस्ता कार्यको संयोजनकारी भूमिका सम्बन्धित नेपाली शिक्षक र प्रधानाध्यापकबाट हुनु नितान्त जरुरी छ ।

बालसाहित्यको विकास र वृद्धिका लागि विद्यालयमा बालपुस्तकालयको महत्वपूर्ण भूमिका रहन्छ । अतः हरेक विद्यालयमा एउटा बालपुस्तकालय स्थापना गरेर बालसाहित्यका महत्वपूर्ण पुस्तक र पत्रपत्रिकाहरुको व्यवस्था गर्नुपर्ने हुन्छ । पुस्तकालय बालबालिकाको पहुँचमा पुग्नुपर्ने अर्को महत्वपूर्ण पक्ष हो । पुस्तकालय स्थापना भयो र त्यहाँ बालसाहित्यका महत्वपूर्ण पुस्तक र पत्रपत्रिकाहरू पनि छन् तर ती पुस्तक र पत्रपत्रिकाहरू विद्यार्थीका हातमा पुगेनन् र पुगेर पनि पठन संस्कृतिको विकास भएन अथवा उचित संरक्षण र व्यवस्थापन भएन भने सार्थक हुदैन । अतः पुस्तकालय चलायमान र संरक्षित हुनुपर्छ ।

नेपाली शिक्षकले पाठ्यपुस्तकको मात्र भर नपरी सन्दर्भ सामग्रीअन्तर्गत अन्य पाठ्यसामग्रीहरु पनि कक्षाकोठामा प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता सन्दर्भ सामग्रीको चयनमा विद्यार्थीहररूको स्तर, रुचि र उमेरलाई ध्यान दिनुपर्ने हुन्छ । नेपाली पाठ्यपुस्तकका पाठहरूको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा पनि नेपाली शिक्षकले प्रश्नहरूको उत्तर घोकाउनेभन्दा फरक सिर्जनात्मक चिन्तनको विकास गराउने विधिले प्रस्तुतीकरण गर्नुपर्छ । सहभागीमूलक र विद्यार्थी केन्द्रित विधिको नेपाली सिकाइ प्रभावकारी र सार्थक हुने गर्छ । विद्युतीय माध्यमका विभिन्न सामग्रीले अहिलेका बालबालिकाहरूको ध्यान केन्द्रित गरेर मनोरञ्जनका साधन बनिरहेको वर्तमान सन्दर्भले सकारात्मकभन्दा नकारात्मक सन्देश दिइरहेको अवस्था छ । यो अवस्थालाई परिवर्तन गरेर आजका बालबालिकालाई साहित्यतिर ध्यानाकृष्ट गरी साहित्यलाई नै मनोरञ्जनको साधन बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।

भाषा, साहित्य, कला र संस्कृतिको विकासमा स्थानीय सरकारले पनि आवश्यक आर्थिक लगानी र व्यवस्थापनको उचित भूमिका निर्वाह गर्नुपर्छ । संघिय राजधानीमा रहेका बालसाहित्यका क्षेत्रमा कार्यरत संस्थाहरूले पनि विकेन्द्रित भएर जिल्ला र गाउँगाउँमा पुगेर बालसाहित्यका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki