Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लोकमार्ग मर्मतमा गल्कोट नगरपालिकाको चासो

  • १ मंसिर २०७८, बुधबार ०९:१०

बागलुङ, १ मंसिर । वर्षायामको भेल पहिराले बिग्रेको मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया खण्डको मर्मत, सुधारमा गलकोट नगरपालिकाले चासो देखाएको छ । पाँच वर्षअघि कालोपत्र भएको उक्त सडक नियमित मर्मत नहुँदा रुग्ण स्थितिमा छ ।

लोकमार्ग आयोजना कार्यालयले सडक सुधारमा बेवास्ता गरेपछि नगरपालिकाले आफ्नै स्रोतमा सडकको सामान्य मर्मत थालेको हो । बीस किमी उक्त खण्डमा कैयन् नयाँ–पुराना पहिराले सडक क्षतविक्षत बनेको छ । ठाउँपिच्छे यात्रामा जोखिम छ ।

नगरप्रमुख भरत शर्मा गैरेले जीर्ण सडकको सुधारमा आयोजना व्यवस्थापनले अनदेखा गरेपछि नगरपालिका आफैँले ममर्तको काम थालेको बताउनुभयो । “यो सडकको स्तरोन्नतिका लागि पटकपटक माग र गुनासो राख्यौँ, कुनै सुनुवाइ भएन”, उहाँले भन्नुभयो । बृहत् सुधार र संरचना बनाउन नगरको स्रोत, साधनले नभ्याउने भएकाले अति जोखिम भएका ठाउँमा मर्मत सुरु गरिएको हो ।

सङ्घ सरकारअन्तर्गतको आयोजना कार्यालय उदासीन बने पनि स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने लोकमार्गको सामान्य मर्मतका काममा पहल लिनुपर्ने आवाज उठ्ने गरेको थियो । नगरप्रमुख गैरेले खाल्डाखुल्डी पुर्ने, पहिरा पन्छाउने र घुम्ती मिलाउने काममा नगरले बजेट खर्च गर्ने बताउनुभयो ।

अघिल्लो वर्षायाममा भएको अधिक वर्षाले त्यस खण्डमा ठूलो क्षति गरेको थियो । वडा नं १ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा जोखिम बढी छ । ससाना अवरोध त दर्जनौँ ठाउँमा छन् । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै आएको छ ।

वर्षायाममा सडक अवरुद्ध बन्दा तत्काललाई पहिरा पन्छाएर सडक खोल्ने गरिएपछि दीर्घकालीन रुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र संरक्षणमा सम्बन्धित पक्ष गैरजिम्मेवार देखिन्छ ।

वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले हटिया, नरेठाँटी बजार हुँदै मर्मतको काम सुरु गरिएको बताउनुभयो । “घोडाबाँधेसम्म धेरै ठाउँमा मर्मत गर्नुपर्ने अवस्था छ, कतिपय घुम्तीमा ठूला सवारी गुडाउँ नै जोखिमपूर्ण छ”, उहाँले भन्नुभयो, “नगरको सीमित बजेटले धेरै काम त गर्न नसकिएला तर यातायात सञ्चालनमा केही सहजता ल्याउने गरी काम भइरहेको छ ।”

आयोजना कार्यालयले भने सामान्य पटके मर्मत नभएर उक्त खण्डमा पुनः ठेक्का गरेर बृहत्् मर्मत, सुधार गर्नुपर्ने जनाएको छ । आयोजनाका इन्जिनियर उज्ज्वल शर्माले पूरै सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले सडक भासिने, पहिरा जानेजस्ता समस्या निम्तिने गरेको उहाँको भनाइ छ ।

लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा पहिले कालोपत्र भएको थियो । बागलुङ बजारदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक भने अझै कच्ची छ । मार्ग खुलेको दुई दशक बित्दासमेत बागलुङ–घोडाबाँधे सडक खण्ड कालोपत्र हुन सकेको छैन । हटियादेखि पश्चिम पुग्ने खण्डमा पनि कालोपत्र सडक छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki