Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा सञ्चालनमा आयो होटल आगन

bk logo final png
  • बागलुङखबर
  • ५ मंसिर २०८३, शुक्रबार ०९:००

बागलुङ,४ मंसिर। बागलुङमा पर्यटकहरुलाई लक्षित गरी बागलुङ सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।

बागलुङ नगरपालिका–२ शिवधारा चोकमा रु. १० करोड लगानीमा होटल ‘आँगन’ सञ्चालनमा आएको हो । उद्यमी दुर्गा कुँवरले आफ्नै घर तथा जग्गमा होटल सञ्चालनमा ल्याउनुभएको हो ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले बिहीबार औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । उहाँले बागलुङ पर्यटकीय रुपमा निकै संभावना रहेकाले सुविधायुक्त होटल आवश्यक रहेको बताउनुभएको थियो ।

भण्डारीले होटल व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन महासंघले विभिन्न पहल गरिरहेको बताउनुभयो । महासंघले होटल व्यवसायमा डिजिटल मार्केटिङ, अनलाइन बुकिङ, प्रोपर्टी म्यानेजमेन्ट सिस्टम र कृत्रिम बौद्धिकताजस्ता प्रविधिको प्रयोग बढाउन ‘डिजिटल लिटरेसी फर होटल इन्डस्ट्री’ अभियानसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

होटलमा १७ वटा एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र समारोह सञ्चालन गर्न मिल्ने तीनवटा हल रहेका छन् । बागलुङमा पछिल्लो समय धार्मिक पर्यटकहरुको आगमन बढ्दै गएकाले होटलमा लगानी थपिएको हो । पर्यटनको सम्भावना बोकेको बागलुङमा गुणस्तरीय होटल तथा आतिथ्य सेवाको थप आवश्यकता पर्दै गएको भन्दै होटलमा लगानी गरेको दुर्गा कुँवरले बताउनुभयो ।

पछिल्लो समय ढोरपाटन, बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालय लगायतले पर्यटक तानिरहेको छ । त्यस्तै मुस्ताङ र म्याग्दीलाई गन्तव्य बनाएका पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्न समेत होटलमा लगाउन थप्न आवश्यक देखिएको छ

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki