Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चार जिल्ला हेर्नेगरी म्याग्दीमा पूर्वाधार विकास कार्यालय स्थापना

bk logo final png
  • बागलुङखबर
  • ३० कार्तिक २०८३, आईतवार १३:३८

बागलुङ, २९ कात्तिक । चार जिल्ला हेर्नेगरी पूर्वाधार विकास कार्यालय म्याग्दीको सदरमुकाम बेनी बजारमा गरिएको छ । 

सघिंय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत रहने गरी साविक धवलागिरिका म्याग्दी सहित,बागलुङ,पर्वत र मुस्ताङ जिल्लालाई कार्यक्षेत्र बनाएर बेनीमा कार्यालय स्थापना गरिएको हो ।

बेनीको स्थित जिल्ला समन्वय समितिको परिसरमा कार्यालय रहने गरी डिभिजन कार्यालयको उद्घाटन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णय अनुसार पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णयअनुसार म्याग्दीमा पनि डिभिजन कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर जनकराज पन्तले जानकारी दिनुभयो ।

नयाँ कार्यालय स्थापनासँगै चार जिल्लामा पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र समन्वयमा सहजता हुने अपेक्षा गरिएको छ । यसअघि पोखरामा रहेको कार्यालयबाट योजनाहरु कार्यन्वयन हुने गर्दथे । कार्यालयको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभाका सदस्य रेशमबहादुर जुग्जालीले कार्यालय स्थापना भएपछि सङ्घीय सरकारका योजनाहरु कार्यान्वयन गर्न सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले पूर्वाधार विकासका योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा समन्वयमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख इन्जिनियर पन्तले क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री र विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो ।

वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक, पुल र झोलुङ्गे पुल निर्माण एवं स्तरोन्नति गर्ने योजनाहरु सञ्चालन हुने उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८३/८४ मा डिभिजन कार्यालय मार्फत ११ वटा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, १५वटा स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार, दुईवटा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र दुईवटा स्थानीय तहको केन्द्र जोड्ने सडक विकास कार्यक्रम योजना रहेको डिभिजन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको प्रमुख कार्यक्रमहरु विभागबाट डिभिजन कार्यालयहरुमा योजना तथा बजेट बाँडफाँटको कार्य सम्पन्न हुने चरणमा रहेकाले अबको १५ दिन भित्र कार्यालय पूर्णरुपमा सञ्चालन गरी योजनाहरु अगाडी बढाइने डिभिजन प्रमुख पन्तले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki