Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

  • सुजन रेग्मी
  • १९ कार्तिक २०८३, बुधबार २०:५६

बागलुङ, १८ कात्तिक । बागलुङदेखि सुनौलीसम्मको यात्रालाई सहज, सुरक्षित र सुविधायुक्त बनाउने उद्देश्यसहित स्तरीय बस सेवा सञ्चालनमा आएको छ 

धौलागिरि–गण्डकी यातायात प्रा.लि.ले बागलुङ हुँदै सुनौली तथा बेनीदेखि सुनौलीसम्म नियमित बस सेवा सञ्चालनमा ल्याएको हो ।
बसको शुभारम्भ वडा नम्बर तिनका वडा अध्यक्ष सनि केसीले गर्नुभएको थियो । उहाँले बसमा सेवामा गुणस्तर रहेको बताउँदै आगामी दिनमा थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

धौलागिरि–गण्डकी यातायात प्रा.लि.का अध्यक्ष उमेश केसीका अनुसार यात्रुको सुविधालाई ध्यानमा राख्दै नयाँ बस सेवा सञ्चालनमा ल्याइएको हो । यस सेवामार्फत बागलुङ तथा बेनी क्षेत्रका यात्रुले सुनौलीसम्म सहज रूपमा यात्रा गर्न सक्नेछन् ।

सञ्चालनमा आएको बसमा २/१ सिटिङ व्यवस्था रहेको छ । बसमा कुल २९ वटा सिट रहेका छन् । २/१ सिटिङ व्यवस्थाले यात्रुलाई आरामदायी यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।

नयाँ बस सेवाका लागि बागलुङदेखि सुनौलीसम्मको भाडादर १ हजार ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी बेनीदेखि सुनौलीसम्म यात्रा गर्ने यात्रुले २ हजार १ सय रुपैयाँ भाडा तिर्नुपर्ने प्रालीका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

यातायात सेवा विस्तारसँगै यात्रुले सहज र सुविधाजनक यात्रा गर्न पाउने विश्वास यातायात व्यवसायीले लिएका छन् । धौलागिरि–गण्डकी यातायात प्रा.लि.ले सञ्चालनमा ल्याएको यस सेवाले बागलुङ, बेनी हुँदै सुनौलीसम्मको यातायात सम्पर्कलाई थप सहज बनाउने प्रालिले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki