Skip to content

follow us

baglungkhabar.tv

12th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बागलुङ नगर खानेपानीलाई शीघ्र साधारणसभा गर्न अदालतको परमादेश

bk logo final png
  • बागलुङखबर
  • १६ कार्तिक २०८३, आईतवार ११:१६

बागलुङ, १५ असोज । उच्च अदालत पोखरा, बागलुङ इजलासले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई विधानअनुसार यथाशीघ्र साधारणसभा गर्न परमादेश जारी गरेको छ ।

अदालतले संस्थालाई विधानबमोजिम वार्षिक साधारणसभा गर्न र सबै उपभोक्तासम्म नियमअनुसार सूचना पुर्‍याउन आदेश दिएको हो ।
यसअघि २०८३ असार १५ देखि १८ गतेसम्म साधारणसभा गर्ने भनिए पनि उक्त प्रक्रियाको औचित्य नरहेको ठहर गर्दै अदालतले नयाँ मिति तय गरी नियमित साधारणसभा सम्पन्न गर्न भनेको छ ।

साधारणसभा र अधिवेशन गराउनु संस्थाको बाध्यता मात्र नभई कानुनी कर्तव्यसमेत भएको अदालतको आदेशमा उल्लेख छ । साधारणसभा जवाफदेहीपूर्ण हुनुपर्ने, उपभोक्ताको हितलाई प्राथमिकता दिनुपर्ने तथा संस्थाको आर्थिक पारदर्शिता, वार्षिक कार्यप्रगति र प्रतिवेदनलाई व्यवस्थित बनाउनुपर्ने अदालतले जनाएको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका निर्वाचित सदस्य कुलराज शर्मा (हिमाल), हुमा खड्का र कालिका सापकोटाले संस्था र बागलुङ नगरपालिकाको नगर कार्यपालिकालाई विपक्षी बनाई उत्प्रेषणयुक्त परमादेशको माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

उक्त निवेदनमा अन्तिम आदेश जारी गर्दै अदालतले निर्वाचित सदस्यलाई समयमै सूचना दिएर बैठक बस्नसमेत सुझाएको छ । साथै, २०७९ सालदेखि साधारणसभा हुन नसकेको अवस्थामा निवेदकसहित संस्थाका सबै सदस्यको साधारणसभा सम्पन्न गराउने दायित्व रहेको अदालतले स्मरण गराएको छ ।

मुद्दामा निवेदकका तर्फबाट अधिवक्ता तिलकबहादुर रिजाल, संस्थाका तर्फबाट वरिष्ठ अधिवक्ता भूमिश्वर गौतम तथा अधिवक्ताहरू राम शर्मा र प्रकाश बराल र नगरपालिकाका तर्फबाट अधिवक्ता ज्ञानेन्द्रराज पन्तले बहस गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

लोकप्रिय

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

विपद् उद्धार सामग्री हस्तान्तरण

कालीगण्डकी नदीमा आएको बाढीले फर्सेको पुरानो बजार क्षणभरमै उजाडियो 

भर्खरै

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki