Skip to content

follow us

baglungkhabar.tv

23rd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मुस्ताङ भन्सार कार्यालयबाट तीन महिनामा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

bk logo final png
  • बागलुङखबर
  • १६ कार्तिक २०८३, आईतवार १०:३८

मुस्ताङ, कात्तिक १५ गते । मुस्ताङ भन्सार कार्यालयबाट तीन महिनामा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको हो ।

चीनको तिब्बतबाट लिजी–नेचुङ (कोरला) नाका हुँदै चाडपर्वलाई लक्षित गरी चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १३ गतेसम्म २६ अर्ब १ करोड ३२ लाख रूपियाँ बराबरको मालवस्तु पैठारी गरी ११ अर्ब ४५ करोड ७४ लाख रूपियाँ राजस्व सङ्कलन भएको हो ।

यो अवधिमा २८ करोड ६३ लाख ५६ हजार रूपियाँ बराबरको नेपाली सामान चीन निर्यात भएको छ । कुल पैठारी ९८ दशमलब ९२ प्रतिशत हुदाँ निकासी १ दशमलब ८ प्रतिशत रहेको छ ।

कोरला नाकाबाट पैठारी हुनेमा विद्युतीय सवारीसाधन, घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरण, जलविद्युत आयोजनाका मेसिन, घरायसी निर्माण साम्रागीसहितका उपकरण तथा लत्ताकपडा, जुत्ता, खानेकुरा लगायत रहेका छन् ।

नेपालबाट निर्यातमा हस्तकला साम्रागी, कपडा सामान रहेको छ । मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अबिन्द्र सिंहले बताउनुभयो । सूचना अधिकारी सिंहले भन्नुभयो, ‘‘दैनिक अधिकतम ४० करोडसम्म राजस्व सङ्कलन भएको छ, प्राकृतिक विपद्का कारण केही दिन सेवा प्रभावित भयो, निर्यातमा पनि केही सुधार भएको छ ।’’

सिंहका अनुसार कोरला नाकाबाट ६५ सय १ ईभी प्रवेश गरेका छन् । भन्सार कार्यालयमा राजस्व सङ्कलनमा ईभीबाट सबैभन्दा धेरै हुने गरेको छ भने फलफूलबाट न्यून रहेको छ ।

चिनियाँ ईभी, विद्युती उपकरण, लत्ताकपडा, खाद्यान्न, फलफूल तथा अन्य व्यापारिक सामग्रीको आयात व्यापार बढेसँगै भन्सार राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको हो ।

चालु आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयलाई नौ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन महिनामै निर्धारित लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ७४ लाख रूपियाँ अर्थात् २७ दशमलव ३० प्रतिशत बढी राजश्व संकलन भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित भन्सार कार्यालय र तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि कोरला नाकाबाट हुने आयात व्यापारमा वृद्धि हुनुका साथै राजस्व संकलन समेत बढाएको सूचना अधिकारी सिंहको भनाइ छ ।

जाडोयामको मङ्सिरदेखि फागुन महिनासम्म अत्याधिक हिमपातका कारण निकासी तथा पैठारी सुस्त हुने भएपनि अन्य समयमा कोरला नाकामा चहलपहल हुने गरेको छ ।

कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरा लैजाने गरिन्छ । कोरला नाकामा व्यापार गर्न तथा सामान ढुवानीका कारण कोरला नाकामा मजदुर, चालक र स्थानीय व्यापारीको समेत चहलपहल छ ।

समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा विं.स. २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको थियो भने गत आवको भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालन गरिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki