बागलुङ, १४ असोज । अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएकी बागलुङको तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव भेटिएको छ ।
उनी सँगै जिल्लाका विभिन्न पालिकामा अविरल वर्षाका कारण गएको पहिरोमा परि १४ जनाको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको ट ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार उनको शव शनिबार भेटिएको हो ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका ५ जना, निसीखोला गाउँपालिकाका ६ जना र ताराखोला गाउँपालिकाका ३ जना रहेका छन् ।








