Skip to content

follow us

baglungkhabar.tv

7th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ–१ बाट युवा महिला कोटामा सृष्टी आचार्यको उम्मेदवारी, पुस्तान्तरण, युवा सहभागिता र संगठन सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता

bk logo final png
  • बागलुङखबर
  • १३ आश्विन २०८३, मंगलवार २०:०३
बागलुङ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं। १ बाट सृष्टी आचार्यले युवा महिला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकी छन्।
३५ वर्षमुनिको युवा महिला कोटाबाट उम्मेदवारी दिएकी आचार्यले पार्टीमा युवा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।
कांग्रेसले यसपटकको महाधिवेशनमा युवा तथा महिलाको सहभागिता बढाउँदै नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न तहमा प्रतिनिधित्वको व्यवस्था गरेको छ।
सोही व्यवस्थाअनुसार आचार्यले बागलुङ क्षेत्र नं.१ बाट युवा महिला कोटामा उम्मेदवारी दिएकी हुन्। पार्टी संगठनमा युवा महिलाको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्न आफू चुनावी मैदानमा उत्रिएको आचार्यले बताएकी छन्।
उनले कांग्रेसभित्र पुस्तान्तरण, संगठन सुधार र युवा सहभागिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। “युवा पुस्ताको आवाज पार्टी संगठनमा प्रभावकारी रूपमा स्थापित गर्न र नेतृत्व विकासको अवसर सुनिश्चित गर्न मेरो उम्मेदवारी हो,” आचार्यले बताएकी छन्।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय भएकी आचार्यले धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेकी छन्। उनी स्ववियु अध्यक्ष पदका लागि समेत उम्मेदवार बनेकी थिइन्। विद्यार्थी राजनीतिबाट संगठनात्मक अनुभव हासिल गरेकी आचार्यले अब पार्टीको मूल संगठनमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्यसहित महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी अघि सारेकी हुन्।
कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेतृत्व, पुस्तान्तरण, महिलाको सहभागिता र पार्टी रूपान्तरणका विषय बहसमा रहेका बेला बागलुङ–१ बाट युवा महिला कोटामा आचार्यको उम्मेदवारीले पनि युवा पुस्ताको प्रतिनिधित्वको बहसलाई थप अगाडि ल्याएको छ।
Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki