Skip to content

follow us

baglungkhabar.tv

7th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

bk logo final png
  • बागलुङखबर
  • ४ आश्विन २०८३, आईतवार ११:४१

बागलुङ, ४ असाेज । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा डायलासिस सेवालाई थप विस्तार गरिएको छ । सेवा विस्तारसँगै मिर्गौला रोगका बिरामीले नियमित डायलासिस सेवा लिन थप सहज हुने भएको छ।

अस्पतालमा यसअघि ६१ जना सेवाग्राहीले नियमित रूपमा डायलासिस सेवा लिँदै आएका थिए। बिरामीको चाप र डायलासिस सेवाको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले सेवा विस्तारको प्रक्रिया अघि बढाएको हो। सेवा विस्तारअन्तर्गत थप चारवटा डायलासिस मेसिन जडान गरिँदैछ। चारवटै मेसिन इन्स्टल भएपछि थप १० जना बिरामीलाई डायलासिस सेवा उपलब्ध गराउन सकिने अस्पतालवरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिनुभयो ।
डायलासिसका लागि नियमित रूपमा अस्पताल आउनुपर्ने बिरामीको संख्या बढ्दै गएपछि उपलब्ध स्रोतसाधनअनुसार सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ। थप मेसिन सञ्चालनमा आएपछि हाल सेवा लिइरहेका बिरामीलाई सेवा व्यवस्थापन गर्न सहज हुनुका साथै नयाँ बिरामीलाई समेत डायलासिस सेवा उपलब्ध गराउन सकिने छ।

मिर्गौला रोगीका लागि डायलासिस नियमित रूपमा आवश्यक पर्ने उपचार सेवा भएकाले सेवा विस्तारलाई महत्वपूर्ण मानिएको छ। डायलासिसका लागि अन्य स्थानमा जानुपर्ने बाध्यता भएका बिरामीलाई समेत अस्पतालमै सेवा विस्तार भएपछि राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी बागलुङसहित धौलागिरी क्षेत्रका बिरामीलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउन यसले सहयोग पुग्ने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki