Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

युट्युबमा छाउँदै तीज गीत

  • रासस
  • ६ श्रावण २०८३, बुधबार २१:४३

गण्डकी, ६ साउन। तीज पर्व अझै करिब दुई महिना पर छ । युट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन् । साउन नलाग्दैदेखि युट्युबमा तीज गीत छाउन सुरु गरेका हुन् ।

अनेक विषय, भाव र बान्कीका तीज गीत सार्वजनिक भइरहेका छन् । गायिका एलिना चौहानको युट्युब च्यानलबाट गत शनिबार सार्वजनिक तीज गीत ‘नौरती फुली’ले दुई दिनमै झन्डै साढे चार लाख ‘भ्यूज’ बटुलेको छ ।

दीपक शर्माको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायिका चौहानसँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर छ । गीतको श्रव्यदृश्यमा कलाकार स्मारिका ढकाल, जुना सुन्दासलगायतको नृत्य र अभिनय छ । सार्वजनिक भएको छोटो अवधिमै उक्त गीतलाई दर्शक/स्रोताले रुचाएका हुन् । चल्तीका गायिकाको मधुर गायकीले गीतलाई श्रुतिमय बनाएको छ ।

तीन दिनअघि युट्यबमा सार्वजनिक भएको गायिका देवी घर्तीमगर र सुनिता बुढामगरको तीज गीत ‘तीज आयो बरिलै’लाई अहिलेसम्म झन्डै ५० हजारपटक हेरिएको/सुनिएको छ ।

गायिका समीक्षा अधिकारी र प्रकाश पराजुलीको स्वर रहेको तीज गीत ‘लाहूरेनी’ आइतबार युट्युबमा सार्वजनिक भएको छ । बिमल अधिकारीको शब्द र सङ्गीत रहेको उक्त गीतमा कलाकार विमल अधिकारी, सलिना खत्रीलगायत कलाकारको अभिनय देख्न सकिन्छ । यी केही प्रतिनिधि तीज गीत हुन् । जसमा कहीँ प्रेम र सौन्दर्यको चर्चा छ त कतै श्रीमान्–श्रीमतीबीचको मायावी संवाद ।

तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक हुने गरेका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमका विषय बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई तीज गीतमा उठान गरिएको पाइन्छ । कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् ।रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki