Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हेलिकोप्टर मार्फत रिफर गरिएकी सुत्केरीको निधन

bk logo final png
  • बागलुङखबर
  • ६ श्रावण २०८३, बुधबार १६:३२

बागलुङ, ६ साउन । बागलुङको निसीखोला गाउँपालिकाबाट हेलिकोप्टरमार्फत रिफर गरिएकी सुत्केरीको निधन भएको छ।

बागलुङको निसीखोला गाउँपालिका–३ धाराखर्ककी ३९ वर्षीया सुत्केरी मीना सुनारको उपचारका क्रममा पोखरामा निधन भएको छ ।

सुनारले मंगलबार बिहान करिब ७ बजे बोहरागाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो। सुत्केरीपछि प्रारम्भिक स्वास्थ्य अवस्था सामान्य देखिए पनि केही समयपछि अत्यधिक आन्तरिक रक्तस्राव भई अवस्था गम्भीर बनेको थियो।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार बिहान उहाँलाई थप उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको थियो।

प्रदेशिक अस्पताल बुर्तिबाङका मेडिकल सुपरिटेन्डेन्ट डा.अबिनाश पोखरेलका अनुसार अस्पतालमा आवश्यक विशेषज्ञ उपचार सम्भव नभएकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत डाक्टरसहित काठमाडौं रिफर गर्ने व्यवस्था गरिएको थियो।

तर उडानका क्रममा बिरामीको स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गएपछि हेलिकोप्टरलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आकस्मिक अवतरण गराइएको थियो। अस्पतालमा पुर्‍याए लगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको डा.पोखरेलले जानकारी दिनुभयो।
यता, नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रादेशिक अस्पताल बुर्तिबाङले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki