Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

bk logo final png
  • बागलुङखबर
  • २९ असार २०८३, सोमबार २१:००

बागलुङ, २९ असार । बागलुङमा पनि २१३औँ भानु जयन्ती मनाइएको छ।

धौलागिरि साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय, नारी साहित्य समाज, सार्थक प्रकाशन र स्मृति प्रकाशनको आयोजनामा ‘साहित्यको उत्थान हाम्रो प्रतिबद्धता, साहित्यिक जागरणलाई दिऔँ निरन्तरता’ भन्ने नारासहित रचना वाचन तथा भानुचित्र लेखन कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी, स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्मा ‘उन्मुक्त’, चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, ख्यामराज सुवेदी र गोविन्द सुवेदीले आफ्ना रचना वाचन गर्नुभएको थियो।नेपाली साहित्यको उत्थान र श्रीवृद्धिका लागि भानुभक्त आचार्यले पुर्‍याएको योगदान स्मरणबारे चर्चा उनीहरुले गरेका थिए ।

भानुचित्र लेखन प्रतियोगितामा १६ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’ले बनाएको चित्र उत्कृष्ट घोषित हुँदै उहाँलाई पुरस्कार प्रदान गरिएको थियो।

धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत तथा स्मृति प्रकाशनका सचिव ताराप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki