Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ११ करोड बेरुजु

bk logo final png
  • बागलुङखबर
  • १० जेष्ठ २०८३, आईतवार १२:१४

बागलुङ , १० जेठ । दश स्थानीय तह रहेको बागलुङमा बेरुजु रकम ११ करोड ३१ लख ८६ हजार पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा आर्थिक बर्ष २०८१/८२मा १० स्थानीय तहको बेरुजु रकम ११ करोड ३१ लख ८६ हजार रहेका उल्लेख गरिएको छ ।
आर्थिक बर्ष २०७९/८०को तुलनामा २३ करोड १० लाख ३९ हजारले कम हो । आर्थिक बर्ष २०७९/८०मा ३४ करोड ४२ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

 

६३ औँ प्रतिवेदनमा सबैभन्दा बढि बेरुजु जैमिनीमा देखिएको छ । जैमिनी नगरपालिका २ करोड ४८ लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको छ भने सबैभन्दा कम तमानखोला गाउँपालिकामा देखिएको छ । तमानखोला गाउँपालिकामा जम्मा ७ लाख १२ हजार रुपैयाँ देखिएको छ ।

गलकोट नगरपालिकामा १० लाख २५ हजार, ढोरपाटन नगरपालिकामा २ करोड ३१ लाख ७२ हजार, बागलुङ नगरपालिकामा १ करोड २५ लाख ३० हजार, काठेखोला गाउँपालिकामा १० लाख ८३ हजार, ताराखोला गाउँपालिकामा २१ लख १ हजार बेरुजु देखिएको छ ।

निसीखोला गाउँपालिकामा १ करोड ३६ लाख ९२ हजार, बडिगाड गाउँपालिकामा १ करोड ९५ लाख ६० हजार, बरेङ गाउँपालिकामा १ करोड ४४ लाख १९ हजार बेरुजु देखिएको छ ।

बेरुजु तीन भागमा वर्गीकरण गरिएको छ ।

सरकारी रकम हिनामिना, मास्ने वा नियम विपरित बढी भुक्तानी भएको रहेछ भने त्यस्तो बेरुजु असुलउपर गर्नुपर्ने हुन्छ । त्यस्तै आर्थिक कारोबार गर्दा आवश्यक प्रमाण वा कागजात नपुगेको, प्रक्रिया नपुगेको तर पछि कागजात पेश गरेर वा प्रक्रिया सच्याउन सकिने बेरुजुलाई नियमित गर्नुपर्ने बेरुजु भनिन्छ ।

काम गर्नकोलागि पहिल्यै दिएको रकम तोकिएको समयभित्रै फछ्र्यौट नगरेका वा सो रकमको खर्च विवरण पेश नगरेको अवस्थामापनि बेरुजु आउँदछ । यसलाई पेश्की बेरुजु भनिन्छ ।

खास गरि बेरुजु सिर्जना हुनुका मुख्य कारणहरू आर्थिक ऐन, नियम र कार्यविधिको पूर्ण पालना नगर्न, । बजेट अनुशासन र खरिद प्रक्रिया उल्लंघन गर्नु, आर्थिक वर्षको अन्त्यमा हतारहतार बजेट खर्च गर्ने प्रवृत्ति हुन ।

बेरुजु आउनुलाई आन्तरिक नियन्त्रण प्रणाली र लेखा प्रणाली कमजोर हुनु, समयमै पेस्की फछ्र्यौट नगर्ने र लापरबाही गर्ने बानी हुन् यसले देशको वित्तीय सुशासन, पारदर्शिता र जबाफदेहितालाई कमजोर बनाउने बताइन्छ ।

यसले सार्वजनिक खर्चको प्रभावकारिता घटाउने, भ्रष्टाचार बढ्ने सम्भावना रहन्छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको वित्तीय छविमा नकारात्मक असर पार्ने गर्दछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki