Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

उनी पकाउँछिन

  • २४ फाल्गुन २०८१, शनिबार १२:२६

कवि जनक कार्की

भालेको अलार्म भन्दा पहिले व्युझिएर
उनी पकाउँछिन् एउटा सिङ्गो सुर्य
पस्किन्छिन धरतीमा उज्यालो ।

उनी पकाउँछिन
– मुस्कान र खुसी
– आसा र साहस
– उर्जा र आत्मविश्वास
– करुणा र संवेदना

चुल्होमा बसेर पकाउँदा पकाउँदै
उनी दाउरासँगै जलाइदिन्छिन्
तीतो वचनको घाँउ
खानामा नून कम हुँदा थालको प्रहारबाट लागेको चोट
तेस्रो चोटि छोरी भएपछि सौता उपहार पाएको स्मृति

उनी पकाउँछिन
आकाशमा जूनतारा
पस्किन्छिन् रंगिन रात ।

उनले नपकाएको दिन अनर्थ हुनसक्छ
त्यस दिन उनी आफैँ दाइजोको नाममा मट्टीतेलसँग पाक्नुपर्छ
कसैको प्रेम प्रस्ताव नस्वीकारेको सजायमा पाक्नुपर्छ तेजाबसँगै
उनले विश्वास गरेको प्रेमीको धोकाको उपहारले पाक्नुपर्छ – इन्टरनेटको पोर्नसाइटमा
किशोरीको छातीकै कारण उनी पाक्नुपर्छ कामवासनाको आगोमा ।

एउटी नारी पकाउँछिन
पाक्छिन्
र झोस्दिन सक्छिन् अगुल्टोले !
र पराकाष्ठाले त्यो दिन अवश्य ल्याउन सक्छ
उनी तिमीलाई नै पकाइदिन सक्छिन !

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

टिकटक बनाउने क्रममा बगेर महिला बेपत्ता

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki