बागलुङ, २८ कात्तिक । बागलुङमा अवैध रूपमा ढुंगा ओसारपसारमा संलग्न दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शनिबार काठेखोला गाउँपालिका–२, अँछेते बजारमा नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा अवैध रूपमा ढुंगा ओसारपसारमा ट्रक संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले ग २ ख १९६६ र ना ६ ख ४३६९ नम्बरका ट्रक नियन्त्रणमा लिएको जनाएको छ। आवश्यक कारबाहीका लागि दुवै ट्रक बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिनुभएको छ।







