Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एमाले बागलुङको जिल्ला अधिवेशन दोस्रो हप्ता हुने

bk logo final png
  • बागलुङखबर
  • १८ कार्तिक २०८३, मंगलवार ११:२२

बागलुङ, १७ कात्तिक ।  नेकपा (एमाले) जिल्ला कमिटी बागलुङको ११ औं जिल्ला अधिवेशन यहिँ माघ ९ र १० गते हुने भएको छ।

गल्कोटको हटियामा सोमवार सम्पन्न पाँचौँ पूर्ण बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टी सङ्गठनलाई पुनः जागृत गराउँदै अगाडि बढाउने संकल्पका साथ आगामी सांगठनिक गतिविधि र अधिवेशनको कार्यतालिका समेत तय गरेको छ।

जस अनुसार मंसिर पहिलो हप्ता सबैं पालकिा कमटिीको बैठक सम्पन्न गर्ने, मंसिर २६ गते सबै वडा कमिटिीहरुको अधिवेशन, पौष ४ गते सबै पालिका कमिटीहरुको पालिका अधिवेशन एकैसाथ सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसी ९मना० ले कम्यूनिष्ट अन्दोलनको इतिहासबाट सहि शिक्षा लिँदै वर्तमान समयमा समाजवादको ठोस आधार निर्माण गर्न सम्पूर्ण पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेलाई जिल्लामा मजबुत र पुनः जागृत गराउन नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने भन्दै जनताको मन जितेर मात्रै पार्टी जनस्तरमा लोकप्रिय हुने बताउनु भएको छ। उहाँहरूले पार्टीको साङ्गठनिक सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन निर्देशन समेत दिनुभएको छ।

जिल्ला कमिटीको रिक्त रहेको पदमा कार्यविभाजन गर्दै बैठकले उपाध्यक्ष विष्णु भुसाललाई रिक्त रहेको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।
बैठक विष्णु भुसालको अध्यक्षता, उपसचिव धन बहादुर परियारको स्वागत मन्तव्य तथा सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो। बैठकमा केन्द्रिय सदस्यहरु गोविन्द नेपाली, डा. सूर्य पाठक, सावित्रा राना, मञ्जु शर्मा चालिसे लगाएतको सहभागिता रहेको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki