पर्वत ,१४ कात्तिक । पर्वतको जलजला गाउँपालिका–८, नाग्लिवाङस्थित ओडारेमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ।
उक्त शव चितवनको मनहरी निवासी ४६ वर्षीय धर्मराज स्याङ्तानको रहेको जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरि विकास जिसीले जानकारी दिनुभएको छ ।
यसअघि ओडारे क्षेत्रमा बेवारिसे अवस्थामा शवको पहिचान खुलेसँगै मृतकको स्थायी ठेगाना र परिचयसमेत सार्वजनिक भएको हो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।







