Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सुरुङ खनेर जबरजस्ती करणी मुद्दाका पाँचसहित आठ कैदी कारागारबाट फरार

bk logo final png
  • बागलुङखबर
  • १५ कार्तिक २०८३, शनिबार १३:१३

डोल्पा १४ कात्तिक ।  जबरजस्ती करणी मुद्दामा कैद भुक्तान तथा पुर्पक्षका लागि थुनामा रहेका पाँच जनासहित आठ जना कैदी डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट फरार भएका छन्। कैदीबन्दीले कारागारभित्र सुरुङ खनेर शुक्रबार राति फरार भएका हुन्।

कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर आठ जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीको नेतृत्वमा प्रहरी टोली कारागार पुगेको थियो।

डीएसपी गिरीका अनुसार घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षण भइरहेको छ। घटनाको थप विवरण अनुसन्धानपछि मात्रै यकिन हुने उहाँले बताउनुभयो।

फरार हुनेमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० निवासी जबरजस्ती करणी मुद्दाका राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।

त्यसैगरी जाजरकोटको नलगाड नगरपालिका–९ निवासी चोरी मुद्दाका कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्।

पुर्पक्षका लागि थुनामा रहेका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ का चोरी मुद्दाका तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले कारागारबाट आठ जना कैदी फरार भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहनुभएको छ। घटनाबारे विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki