Skip to content

follow us

baglungkhabar.tv

24th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

bk logo final png
  • बागलुङखबर
  • ८ कार्तिक २०८३, शनिबार १७:१०

मुस्ताङ, ७ कात्तिक । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी–जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी–जोमसोम सडकमार्ग हुँदै पर्यटक मुस्ताङ आउने सङ्ख्या बढेको छ ।

यस वर्ष घटस्थापनादेखि विजया दशमीको दिनसम्म बेनी–जोमसोम सडकमार्गबाट पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये पुरुष तीन हजार ७३८ र महिला एक हजार ९२५ जना रहेका थिए । प्रहरी निरीक्षक ईश्वर महतका अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिदा चार हजार ४०९ अर्थात् ९७७ दशमलव ८५० प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

प्राकृतिक विपद्का कारण बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकोमा दसैँपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी निरीक्षक महतका अनुसार दसैँपछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दसैँ टिकापछिको पहिलो दिन बिहीबार तीन हजार ३३ जना र दोस्रो दिन शुक्रबार चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । दसैँपछि मुस्ताङ भ्रमण गर्ने दैनिक औसत क्रमशः वृद्धि हुँदै जान थालेको प्रहरी निरीक्षक महतको भनाइ छ । चालु वर्षको साउनमा तीस हजार ५३४ जना, भदौमा बीस हजार २६८ जना र असोज महिनामा अठार हजार ६०१ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

दसैँ–तिहार बिदामा मुस्ताङमा पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ । दसैँ बिदामा विदेशबाट स्वदेश फर्किएका र दसैँ बिदाको अवसर पारेर निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थालगायत देशका विभिन्न भागमा मुस्ताङ भ्रमण गर्न पर्यटक मुस्ताङ आउने गर्छन् । यस पटक पनि दसैँ–तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति वृद्धि हुनेमा यहाँमा पर्यटन व्यवसायी विश्वस्त रहेका छन् ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरलानाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल, टिटी ताल लगायतका यहाँका दर्जनौँ पर्यटक गन्तव्यहरू रहेका मुस्ताङमा पर्यटकको आकर्षण बढ्दो रहेको छ ।

यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, हिमाली भू–दृश्य र प्राकृतिक सौर्न्दयताले मुस्ताङमा पर्यटक उपस्थिति हुने गरेको छ । भोटेकोशी बाढी घटना र बेनी–जोमसोम अवरुद्धका कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

लोकप्रिय

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki