Skip to content

follow us

baglungkhabar.tv

16th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भैरवस्थानमा हरेलो मेला

bk logo final png
  • बागलुङखबर
  • १५ श्रावण २०८३, शुक्रबार ११:५७

बागलुङ, १५ साउन । बागलुङमा रहेको भैरवस्थानमा मन्दिर परिसरमा हरेलो मेला लाग्ने भएको छ ।

भैरवस्थान गुठी व्यवस्थापन समितिको आयोजनामा बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि भदौको पहिलो मंगलबार ‘हरेलो मेला’को तयारी गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेलो पर्व मनाउने प्रचलन रहेको गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन भने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाले गर्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन रहेको तथ्य भेटिन्छ । पर्व जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न विगत केही वर्ष यता यहाँ हरेलो मेला गर्ने गरिएको गुठीले जानकारी दिएको छ ।

यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष ढकालको भनाई छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki